logo
२०८१ बैशाख ८ शनिवार



सिंहदरबारभित्रै कार्यकारी अध्यक्ष शर्मालाई कालोमोसो दल्ने पक्राउ

राजनीति |


सिंहदरबारभित्रै कार्यकारी अध्यक्ष शर्मालाई कालोमोसो दल्ने पक्राउ
तस्बिर सामाजिक सञ्जाल


काठमाडौं, पुस ३० गते । काठमाडौं मेडिकल कलेजका कार्यकारी अध्यक्ष सुनिल शर्मालाई विद्यार्थीले सिंहदरबारभित्रै विद्यार्थीले कालोमोसो दलेका छन् । शुक्रबार शिक्षा मन्त्रालयमा बसेको सर्वपक्षीय बैठकबाट बाहिरिनेक्रममा विद्यार्थीले कालोमोसो दलेका हुन् । पाँच जना विद्यार्थीले मन्त्रालय परिसरमै कालोमोसो दलेका हुन् ।

प्रहरीले कालो मोसो दल्ने समूहमा सहभागी भएका नेकपा (एस) निकट अनेरास्ववियुका उप महासचिव महेश श्रेष्ठ र स्थायी कमिटी सदस्य अमर पुनलाई पक्राउ गरेको छ । पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न अनेरास्ववियु अध्यक्ष सुदेश पराजुलीले माग गर्नुभएको छ ।

‘सुनिल शर्मालाई कालोमोसो दलेका छौँ’, पराजुलीले भन्नुभयो, ‘हाम्रो संगठनका उपमहासचिव महेश श्रेष्ठ र स्थायी कमिटी सदस्य अमर पुनलाई तत्काल रिहा गर्न माग गर्दछु ।’

शर्मा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको उपस्थितिमा भएको बैठकमा सहभागी भएर बाहिरिनुभएको थियो । मन्त्रालयमा चिकित्सा शिक्षा आयोगले तोके भन्दा बढी शुल्क लिन नपाउने विषयमा छलफल भएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?