logo
२०८१ बैशाख १३ बिहीवार



 ‘नागरिक उन्मुक्ति पार्टी’ दर्ताका लागि रेशम चौधरीकी श्रीमतीद्वारा आवेदन 

राजनीति |


 ‘नागरिक उन्मुक्ति पार्टी’ दर्ताका लागि रेशम चौधरीकी श्रीमतीद्वारा आवेदन 
दल दर्ताका लागि निर्वाचन आयोग पुगेका चाैधरीका समर्थकहरू


काठमाडौं, पुस १९ गते । डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहेका निलम्बित सांसद रेशमलाल चौधरीकाे पहलमा ‘नागरिक उन्मुक्ति पार्टी’ नामक नयाँ दल दर्ताका लागि निवेदन पेश भएकाे छ ।

सोमबार चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा ‘नागरिक उन्मुक्ति पार्टीे’ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिनुभएको सहायक प्रवक्ता कोमलप्रसाद धमलाले जानकारी दिनुभयो ।

उहाँका अनुसार चौधरीले कारागारमा दल दर्ताका लागि निवेदन दिनुभयो । सोही अनुसार दल दर्ताका लागि निवेदन परेको हो ।

सोमबार चौधरीका समर्थकहरु दल दर्ताका भृकुटीमण्डपबाट जुलुसहित निर्वाचन आयोग पुग्नुभएको थियो । टीकापुर हत्याकाण्डका प्रमुख आरोपी रहनुभएको चौधरी डिल्लीबजार कारागारमा हुनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?