logo
२०८१ बैशाख १३ बिहीवार



विचार नमिले पनि हाम्रो देशभक्ति एउटै छ : प्रचण्ड

राजनीति |


विचार नमिले पनि हाम्रो देशभक्ति एउटै छ : प्रचण्ड


काठमाडौँ, मङ्सिर १५ गते । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग विचार र मत नमिले पनि देशभक्ति एउटै रहेको बताउनुभएको छ । बुधबार राप्रपाको एकता अधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताउनुभएको हो ।

‘तपाईंहरूको र हाम्रो विचार, मत त्यत्ति मिल्दैन’, प्रचण्डले भन्नुभयो, ‘तर, राष्ट्रियभावना, स्वाधीनताप्रतिको निष्ठा र देशभक्ति एउटै छ ।’

मत भिन्नताका बीच पनि देशमा शान्ति भइराखोस् भनेर सबै जिम्मेवार बन्नुपर्नेमा उहाँले जोड दिनुभएको छ । नयाँ राष्ट्रिय एकताको आवश्यकता भएको उल्लेख गर्दै मत भिन्नताबीच सबै जिम्मेवार हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रचण्डले विभिन्न आरोह र अवरोहलाई छोडेर यहाँ आइपुगेको भन्दै अग्रगमनले मात्र देश अगाडि बढ्न सक्ने कुराको सम्झना गर्नुभयो ।

‘राष्ट्रहित र अग्रगमन भन्छौँ हामी । अगाडि बढेर मात्र समस्याको समाधान गर्न सकिन्छ’, प्रचण्डले भन्नुभयो, ‘थुप्रै आरोह अवरोह हुँदै देश यहाँ आइपुगेको छ, पछाडि फर्केर राष्ट्रको विकास गर्न सकिँदैन ।’

आफ्नो विचार, मत र आत्मसम्मानलाई सुरक्षित राख्दै राष्ट्रिय एकता कायम राख्न भिन्न विचार हुनेसँग सहकार्य गरेर मात्र राष्ट्रलाई एकतावद्ध पार्न सकिने प्रचण्डले उल्लेख गर्नुभएको छ । अन्तरविरोधमा पनि सहमति खोज्न सकिने भन्दै प्रचण्डले राप्रपासँग कही न कही गोत्र मिल्ने उल्लने गर्नुभयो ।

राप्रपाको एकता महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले सफलताको शुभकामनासमेत दिनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?