logo
२०८१ बैशाख १३ बिहीवार



राप्रपाको अगाडि बढ्ने बाटो खोल्न कमल थापालाई लिङ्देनको आग्रह

राजनीति |


राप्रपाको अगाडि बढ्ने बाटो खोल्न कमल थापालाई लिङ्देनको आग्रह


काठमाडौँ, मङ्सिर १५ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री राजेन्द्र लिङ्देनले समयको पदचापलाई बुझेर पार्टीलाई अगाडि बढ्ने बाटो खोलिदिन आग्रह गर्नुभएको छ ।

राप्रपाको एकता अधिवेशनमा उपस्थित अतिथि र प्रतिनिधिलाई स्वागत गर्दै लिङ्देनले यस्तो आग्रह गर्नुभएको हो । नाम उल्लेख नगरी महामन्त्री लिङ्देनले अध्यक्ष कमल थापासँग यस्तो आग्रह गर्नुभएको हो ।

अध्यक्ष प्रकाशचन्द्र लोहनीले आफूलाई भावी अध्यक्षको रुपमा समर्थन गरेको कुरालाई उल्लेख गर्दै लिङ्देनले यस्तो बताउनुभएको हो । डा. लोहनीको साथप्रति ऋणी भएको भन्दै धन्यवाद दिनुभएका लिङ्देनले भन्नुभयो, ‘समयको पदचापलाई बुझेर तपाईंहरु राप्रपालाई अगाडि बढ्ने बाटो खोलिदिनुहोस् ।’

पार्टीमा अग्रज नेताको योगदान र भूमिका अझै आवश्यक भए पनि कार्यकारी भूमिका परिवर्तन हुनुपर्ने उहाँको भनाइ छ । ‘तपाईंहरु काम नलाग्ने हुनुभयो, फेल हुनुभयो भनेर हामीले भनेको छैन । तपाईंहरुको योगदान र भूमिका राप्रपामा अझै पनि चाहिन्छ’, लिङ्देनले भन्नुभयो, ‘तर, यो कार्यकारिणी भूमिकामा परिवर्तन गर्नुपर्यो । कार्यकारिणी भूमिका फेरेर हेर्नुपर्यो । म आग्रह गर्छु ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?