logo
२०८१ बैशाख ७ शुक्रवार



बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल काठमाडौंमा

राष्ट्रिय |


बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल काठमाडौंमा
तस्विरः शेखर चौलागाई / बिकास द्वारे


गोरखापत्र अनलाइन

काठमाडौं, कात्तिक २६ गते । जनगणतान्त्रिक बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद मङ्गलबार नेपालको औपचारिक राजकीय भ्रमणमा काठमाण्डौं आईपुग्नु भएको छ । उहाँलाई राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नु भएको थियो ।

उहाँको सम्मानमा नेपाली सेनाले सलामी अर्पर्ण गरेको थियो । उहाँ राष्ट्रपति भण्डारीको निमन्त्रणामा नेपालको भ्रमणमा आउनुभएको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा उहाँले उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बङ्गलादेशका राष्ट्रपति हमिदसँग शिष्टाचार भेटवार्ता गर्नुहुने कार्यक्रम तय भएको छ । त्यस्तै उच्च राजनीतिक नेतृत्वले समेत उहाँसँग भेटवार्ता गर्नुहुनेछ ।

भ्रमणमा रहँदा उहाँले राजधानी तथा भक्तपुरस्थित विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक स्थल, प्रागऐतिहासिक तथा सांस्कृतिक क्षेत्रको भ्रमण गर्नुहुनेछ । त्यस्तै राजधानीबाहिरको पर्यटकीय नगरी पोखरालगायत पर्यटकीय क्षेत्रको समेत उहाँले अवलोकन भ्रमण गर्ने कार्यक्रम छ ।

तस्बिरः बिकास द्वारे

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?