logo
२०८१ बैशाख ७ शुक्रवार



परिमार्जित पत्रकार आचारसंहिता सार्वजनिक

राष्ट्रिय |


परिमार्जित पत्रकार आचारसंहिता सार्वजनिक


काठमाडौँ, असोज ६ गते । पत्रकार आचारसंहिता–२०७३ संशोधन तथा परिमार्जन गरिएको छ ।

प्रेस काउन्सिल नेपालको स्वर्ण जयन्तीका अवसरमा काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ र नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले आज यहाँ आयोजित कार्यक्रममा संयुक्त रुपमा संशोधित तथा परिमार्जित पत्रकार आचारसंहिता, २०७३ (परिमार्जित–२०७६) सार्वजनिक गर्नुभएको छ ।

आचारसंहितालाई समसामयिक बनाई समग्र मिडिया क्षेत्रलाई मर्यादित, जवाफदेही र जिम्मेवार बनाउने उद्देश्यअनुरुप सरोकारवाला सङ्घ–सङ्गठनका प्रतिनिधि पत्रकारहरुसँग धेरै चरणको छलफल, अन्तरक्रिया र प्राप्त रायसुझावमाथि गहन छलफलपश्चात् आचारसंहिता जारी गरिएको काउन्सिलका सूचना अधिकारी दीपक खनालले जानकारी दिनुभयो ।

सो अवसरमा कार्यवाहक अध्यक्ष श्रेष्ठले प्रविधिमा आएकोे विकासका कारण आचारसंहिता परिमार्जन गर्नुपरेको जानकारी दिनुभयो ।

नेपाल पत्रकार महासङ्घका महासचिव रमेश विष्टले सबै मिडियालाई समेटिएको यो आचारसंहितामा महासङ्घको पनि स्वामित्व रहेको उल्लेख गर्नुभयो ।

स्वर्णजयन्तीका अवसरमा प्रेस काउन्सिलको निमन्त्रणामा साइप्रस, म्यान्मा, श्रीलङ्का, अफगानिस्तान, भारत र म्यान्मा प्रेस काउन्सिलका पदाधिकारीसमेत आइपुगेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आथित्यमा राष्ट्रपति निवास शीतल निवासमा विविध कार्यक्रम गरी स्वर्णजयन्ती मनाउन थालिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?