logo
२०८१ बैशाख ७ शुक्रवार



विदेशी बैङ्कमा राखिएको रकम छानबिन जारी

राजनीति |


विदेशी बैङ्कमा राखिएको रकम छानबिन जारी




गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ ६ गते । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाली नागरिकले विदेशी बैङ्कमा खाता खोली रकम जम्मा गरेको भनिएको विषयमा सरकारले छानबिन प्रक्रिया जारी राखेको बताउनुभएको छ ।
प्रतिनिधिसभामा सांसदसँगको प्रश्नोत्तरमा मन्त्री खतिवडाले राजस्व सचिवको अध्यक्षतामा छानबिन प्रक्रिया जारी रहेको बताउनुभएको हो । उहाँले सरकारी संयन्त्रबाट मात्र छानबिन प्रक्रिया सम्भव नभएको पनि बताउनुभयो ।
जवाफमा मन्त्री खतिवडाले भन्नुभयो, “सार्वजनिक भएका विवरणमा कतिपयका नाम मिलेका छन् । नाम मिले पनि हामीले यकिन गर्न सकेका छैनौँ । पुँजी बहिर्गमनको प्रचलित कानुनविपरीत वा राष्ट्र बैङ्कको स्वीकृतिबिना काम भएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुन्छ । ” उहाँले राजस्व सविचको अध्यक्षतामा प्रहरी, वित्तीय जानकारी एकाइलगायतका प्रतिनिधि रहेको समूहबाट अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?