logo
२०८१ बैशाख ८ शनिवार

  फाेटाे फिचर  

देउडा जोगाउने अभियानमा जुटे हुम्लाबासी

फोटो ग्यालरी |


देउडा जोगाउने अभियानमा जुटे हुम्लाबासी



राजन रावत
सिमकोट, भदौ ५ गते । चाड, पर्व, मेलापात, बन, जंगलमा जाँदा जताततै गाईने देउडा गीत पछिल्ला समय लोप हुने अबस्थामा पुगे पछि हुम्लाका स्थानीय युवा यसको जगेर्नामा लागेका छन् । यसका लागि हुम्लाका युवाले अछामकी चर्चित देउडा गायिका पानसरा थापालाई बोलाएर यसको सुरुवात गरेका थिए ।
हुम्लामा आयोजना भएको देउडा कार्यक्रममा हुम्लाका युवा युवती निक्कै रमाईलोका साथ कार्यक्रम हेर्न पाए र देउडालाई जोगाउने सकंल्प पनि गरेका थिए । जिल्लामा पहिलो पटक सिमकोट गाउँपालिकाका स्थानीयको आयोजनामा सञ्चालन भएको देउडा कार्यक्रममा थापालाई आमन्त्रीत गरिएको हो ।
यस अघि जिल्ला बाहिरबाट देउडा गायक गायिका बोलाउँदा पनि यसरी स्थानीयले आफ्नै भुषभुषा र लवाई खुवाईमा नाँचेको भने पहिलो पटक हो ।
देउडा गायनमा स्थानीय युवाले दौरा सुरुवाल कोटमा साथ दिएका थिए भने युवतीले घोती, चोलो तथा स्थानीय गरगहनामा सजिएर सहयोग गरेका थिए । सिमकोट खार्पुनाथ गाउँपालिकाको प्रायोजनमा सञ्चालन भएको देउडा कार्यक्रमले जिल्लाको कला र सस्कृतिमा महत्वपुर्ण सहयोग पुर्याएको कार्यक्रमका संयोजक धर्मराज रोकायाले बताउनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?