कर्णाली आसपास र बढैयाताल क्षेत्र वरपर चराको संख्या घट्यो (फोटो फिचर)
गोरखापत्र अनलाइन
पुष २७, २०७७ सोमबार
बर्दिया राष्ट्रिय निकुञ्ज आसपासको क्षेत्र तथा अन्य तालतलैयाहरुमा बर्दिया प्रकृति संरक्षण क्लबको आयोजनामा चरा गणना भैरहेको छ ।
चरा रहेका क्षेत्रलाई विभिन्न भागमा बाँडेर चरा गणना भैरहेको बर्दिया प्रकृति संरक्षण क्लबका अध्यक्ष समेत रहनुभएका चरा विज्ञ राम शाहीले जानकारी दिनुभयो । अध्यक्ष शाहीका अनुसार बर्दिया राष्ट्रिय निकुञ्ज आसपासका नदी, तालतलैया तथा सिमसार क्षेत्रलगायत विभिन्न ठाउँमा चराहरुको गणना गरिने...