logo
२०८० चैत्र १६ शुक्रवार



स्वास्थ्य संस्था पुनर्निर्माण हुँदै

प्रदेश |


स्वास्थ्य संस्था पुनर्निर्माण हुँदै


रामेछाप समाचारदाता

रामेछाप, माघ १४ गते । २०७२ साल वैशाख १२, १३ र २९ गतेको भूकम्पले जिल्लामा क्षति पु-याएका २२ वटा स्वास्थ्य चौकीको पुनर्निर्माण भइरहेको छ । जिल्लाका धेरै स्वास्थ्य संस्थाले अहिले पनि भूकम्पले क्षति पुगेका भवनबाट सेवा दिँदै आएका छन् ।

सरकारले भूकम्पपछि स्वास्थ्य संस्थाको पुनर्निर्माणको जिम्मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दिएपछि जिल्ला अस्पताल, बाम्ती अस्प्ताल र कठजोर स्वास्थ्य चौकीको भवन निर्माणको काम सम्पन्न भइसकेको छ । सुविधा सम्पन्न भवन निर्माण भएसँगै ती स्वास्थ्य संस्थाबाट बिरामीलाई स्वास्थ्य सेवा दिँदै आएको जिल्ला अस्पताल रामेछापका प्रमुख डा. पवन शाक्यले बताउनुभयो ।

केही महिनाअघि सरकारले पुनर्निर्माण प्राधिकरण खारेज गरेर बाँकी भवन निर्माणको जिम्मा सघन सहरी तथा भवन निर्माण आयोजनालाई दिएसँगै जिल्लामा पुनर्निर्माण हुन बाँकी रहेका स्वास्थ्य संस्थाको काम अघि बढाइएको छ । हाल मन्थली अस्पतालको १५ श-या र प्राथमिक स्वास्थ्य केन्द्र गेलुमा पाँच शøया क्षमताको भवन निर्माण भइरहेको छ ।

त्यस्तै स्वास्थ्य चौकी देउराली, खाँडादेवी, कुभुकास्थली, चुचुरे, तिल्पु्ङ, बिजुलीकोट, सालु, गोठगाउँ, हिमगङ्गा, रामपुर, ओख्रेनी, दुरागाउँ र भलुबाजोरका स्वास्थ्य संस्थाको भवन निर्माणको काम भइरहेको आयोजना प्रमुख सुरेशकुमार वाग्लेले बताउनुभयो ।

निर्माणाधीन स्वास्थ्य संस्थाको भवन २० करोड ५२ लाख रुपियाँको लागतमा निर्माण गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएर काम अघि बढेको उहाँले बताउनुभयो । उहाँका अनुसार जिल्लाको गौश्वारा, डडुवा, गेलु, चनखु, चिसापानी, पिङ्खुरी, मझुवा र खनियाँपानी स्वास्थ्य संस्थाको भवन निर्माणका लागि १९ करोड ३७ लाख रुपियाँ र मन्थली अस्पताल नौ करोड ३२ लाख रुपियाँ लागतमा निर्माण गर्न निर्माण कम्पनीसँग सम्झौता गरी काम भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?