logo
२०८१ बैशाख ७ शुक्रवार

पृथ्वीनारायण शाहको सम्झना (फोटो फिचर)

फोटो फिचर |
राजनीति |


2022-01-11-55056
तस्बिर सुजन गुरुङ


काठमाडौँ, पुस २७ गते । राष्ट्रपति विद्यादेवी भण्डारी सिंहदरबार पश्चिम मूलढोकामा पुगेर राष्ट्रनिर्माता पृथ्वीनारायण शाहका सालिकमा पुष्पहार अर्पण गर्नुभएको छ । ३००औँ पृथ्वी जन्मयन्तीका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र सांस्कृतिक संस्थानद्वारा संयुक्त रुपमा आज आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले नेपाल एकीकरणका नायकप्रति पुष्पहार अर्पण गरेर सम्मान प्रकट गर्नुभएको हो ।

पूर्वराजा ज्ञानेन्द्र शाहलेसमेत सिंहदरबार अगाडि पुगेर पृथ्वीनारायण शाहको सालिकमा मर्यापर्ण गर्नुभएको छ । पहिलो पटक पूर्वराजा ज्ञानेन्द्र सिंहदरबारको पश्चिम मूलढोका अगाडि पुग्नुभएको हो । सोही अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आले तथा आयोजक चारवटै संस्थाका तर्फबाट पनि राष्ट्रनिर्माताका सालिकमा माल्यार्पण गरिएको थियो ।

कार्यक्रममा पूर्व उपप्रधानमन्त्री कमल थापाले पनि राष्ट्रनिर्माताका सालिकमा माल्यार्पण गर्नुभएको थियो । कार्यक्रममा उपस्थित राष्ट्रसेवकलगायत सर्वसाधारणले पनि राष्ट्रनिर्माताको सालिकमा पुष्पगुच्छा अर्पण गर्नुभयो । मङ्गलबार बिहानै कमलादीस्थित प्रज्ञा प्रतिष्ठानबाट सांस्कृतिक झाँकीसहित शोभायात्रा राजधानीको विभिन्न भाग परिक्रमा गरी सिंहदरबारको पश्चिम मूलढोकामा आइपुगेको थियो । शोभायात्राले राष्ट्रनिर्माताको सालिकमा पनि परिक्रमा गरेको थियो ।

विसं १७९९ चैत २५ गते राजा बन्नुभएका पृथ्वीनारायण शाहले ५२ राज्यमा विभक्त राज्यलाई एकीकरण गर्नुभएको थियो । विसं १८२६ मा काठमाडौँ उपत्यकाका तीन वटै राज्य विजय गरी यहीँ राजधानी स्थापना गर्नुभएको थियो । तस्बिर सुजन गुरुङ