logo
२०८० चैत्र १६ शुक्रवार



झापामा बोरो धान खेतीको आकर्षण बढ्दै

खुला |
प्रदेश |


झापामा बोरो धान खेतीको आकर्षण बढ्दै


बिष्णुप्रसाद पोखरेल
दमक, मंसिर २२ गते । झापामा बोरो धानखेती शुरु भएको छ । किसानहरुले मंसिरमा पाकेको धान थन्क्याई नसक्दै नयाँ खेती शुरु भएको हो । जिल्लामा बर्षमा तीन पटकसम्म धान रोप्न सकिने यसभन्दा अघि पनि बोरो खेतीबाट पुष्टि भएको थियो ।

विशेष गरेर दूई बालिसम्म धान लगाइन्छ । एउटा बर्षे र अर्को हिउँदे अर्थात चैते धान खेती भन्ने गरिन्छ । पछिल्लो समयमा तीन पटकसम्म किसानले धान उत्पादन गर्न थालेका छन् । बहुउद्देश्यीय संयुक्त कृषि फर्म, कमल गाउँपालिका– १ झापाले मंसिरको दिनमा नै धान लगाएकोछ । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन इकाई भद्रपुरका प्रमुख रबिन्द्र सुबेदीकाअनुसार झापामा धान खेतीका बिभिन्न प्रयोगहरु हुँदैआएको छ । बोरो खेतीमा किसानको आकर्षण बढ्दैगएको छ ।

सिचाई सुविधा भएको ठाँउमा जिल्लामा तीन पटकसम्म खेती हुनसक्ने यसबाट पुष्टि भएको सुवेदीले बताउनुभयो । कृषि फर्मले आठ कठ्ठा जमिनमा बोरो धान खेती लगाएको उहाँको भनाई छ । मंसिर महिना मात्र किसानले ८ देखि १० हेक्टरमा धान रोपेको सुवेदीले बताउनुभयो ।

अहिले रोपेको धान ९० देखि ९५ दिनमा काट्न तयार हुने कृषि प्राविधिकहरुको भनाई छ । यसले खाद्य सुरक्षामा टेवा पुग्ने र किसानलाई पनि फाईदा पुग्ने उहाँले बताउनुभयो । हिउँदे र बर्षे धानखेती गर्दा किसानले धानको मूल्य नपाएको गुनासो गर्ने गरेका छन् ।

धान खेतीको विस्तारका लागि प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन इकाई झापाले धान सुपरजोन क्षेत्रको पूर्वाधारस्थिति, उत्पादन तथा उत्पादकत्व स्थिति, यान्त्रिकरण, प्रशोधन तथा बजारीकरणको स्थिति, आवश्यक प्रविधि तथा उत्पादन सामग्रीको स्थिति र कृषकले अवलम्बन गरेको प्रविधिलाई दिगोपना दिने कार्यमा सहयोग गर्दैआएको छ ।

आर्थिक बर्ष २०७३ देखि जिल्लाको कचनकवल र भद्रपुरको केही वार्डमा धान सुपरजोन कार्यक्रम कार्यन्वयनमा छ । पछिल्लो समय आर्थिक बर्ष २०७६–७७ देखि झापाका १५ पालिकामा नै यो कार्यक्रम लागुभएको छ । बोरो खेती केही बर्ष अघि मात्र शुरु भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?