logo
२०८० चैत्र १५ बिहीवार

तस्बिरमा ऐतिहासिक कात्तिक नाचको समापन

फोटो फिचर |
समाज |


2021-11-18-50779
तस्बिर : मनाेजरत्न शाही


काठमाडौं, मङ्सिर २ गते । ललितपुरमा पौराणिक कालदेखि चल्दै आएको ऐतिहाकि कात्तिक नाथ गएरातीबाट सम्पन्न भएको छ । इतिहास अनुसार सिद्धिनरसिंह मल्लको राज्यकालमा मगा नक्षत्रमा पर्ने हालको ललितपुर नगर क्षेत्रमा झाडापखाला लगायतका रोग, व्याधिले जनताको अकालमा ज्यान जाने अवस्था सिर्जना भएको थियो ।
यस समस्या निवारणका लागि गुरुद्वय हरिवंश राजोपाध्याय र विश्वनाथ राजोपाध्यायलगायत अन्य ज्योतिषहरुबीच भएको छलफलले नरबलि दिनुपर्ने निष्कर्ष निकाल्यो । तर, सधै नरबली दिन असम्भव भएको हुँदा नाट्यसम्राट समेत रहेका गुरु हरिवंशले नेपाल संवत् सात सय ६१ मा नरसिंह नाच र बराह नाचलाई नरबलीको प्रतीकको रुपमा सिर्जना गरिएको र तत्पश्चात् रोग, व्याधि हटेर जनकल्याण भएको जनविश्वास रहँदै आएको कात्तिक नाच संरक्षण समितिका प्रचार संयोजक सञ्जय शर्मा राजोपाध्याय बताउनुहुन्छ ।
नरसिंहको अवतारमा नाचिने यस कात्तिक नाचमा हिरण्य कशेपुलाई वध गरी बेहोस् गरिएको र गुरु विश्वनाथले तान्त्रिकरुपमा जल खुवाएर होस्मा ल्याइएको किंवदन्ती छ । यसरी नरबलीको प्रतीकको रुपमा कात्तिक नाच प्रारम्भ भएको राजोपाध्याय बताउनुहुन्छ । कात्तिक नाचमा स्वयम् आफैँ पनि नाच्दै आउनुभएको राजोपाध्याय भन्नुहुन्छ, ‘मुकुट लगाइसकेपछि त्यहीँ पात्रमा डुबेको महसुस हुन्छ । जुन महसुुस अन्य नाच नाच्दा हुँदैन ।’

तस्बिर : मनाेजरत्न शाही