logo
२०८० चैत्र १६ शुक्रवार



भेरोसेलको दोस्रो मात्रा लगाउने मिति अझै टुङ्गो लागेन

स्वास्थ्य |


भेरोसेलको दोस्रो मात्रा लगाउने मिति अझै टुङ्गो लागेन



काठमाडौं,कात्तिक १० गते । एक महिना अघि चीनबाट नेपाल आएको ४४ लाख डोज भेरोसेल खोपको पहिलो मात्रा देशैभरका सबै जिल्लामा असोज ४ देखि १४ गतेसम्म दिइएको थियो । तर,अहिलेम्म कुनै पनि जिल्लामा भेरोसेलको दोस्रो डोज लगाउने मिति तोकिएको छैन ।
मन्त्रालयका स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख डा.सागर दाहालले भने खोपको वितरण गर्ने अधिकार जिल्ल्ला स्वास्थ्य कार्यालयलाई दिएकाले जिल्लाले आफ्नो प्राथमिकता र अनुकूलका हिसाबले १४ गतेसम्ममा दोस्रो मात्रा दिन सक्ने बताउनुभयो ।
नेपालमा उपलब्ध उक्त खोपको म्याद तत्काल नसकिने भएका कारण केही दिन ढिला हुँदैमा आत्तिनु नपर्ने उहाँले बताउनुभयो । सामान्यतया पहिलो डोज खोप लगाएको चार हप्तापछि दोस्रो डोज लगाउन मिल्ने भनिए पनि एक–दुई हप्ता ढिलो हुँदैमा खोपले शरीरमा पार्ने प्रभावमा कुनै फरक नहुने उहाँको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?