गोरखापत्र समाचारदाता
काठमाडौँ, भदौ २३ गते । नारायणहिटी दरबारमा बुधबार एकाहा, रुद्री, चण्डी लगायतका धार्मिक अनुष्ठानको आयोजना गरिएको छ । दरबार हत्याकाण्ड भएको स्थल त्रिभुवन सदनमा सो धार्मिक कार्य गरिएको थियो ।
नारायणहिटी दरबार सङ्ग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले दिवंगत राजपरिवारको मोक्ष प्राप्ति र देशमा सुख समृद्धि कायम होस् भनेर पूजा आयोजना गरिएको बताउनुभयो । धार्मिक अनुष्ठानमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव यादवप्रसाद कोइराला सहभागी हुनुहुन्थ्यो ।