logo
२०८१ बैशाख १४ शुक्रवार

स्वदेशी पर्यटककाे राेजाइमा कन्याम (फोटो फिचर)

फोटो फिचर |
प्रदेश |


2021-08-31-45606


प्रेम अधिकारी
कन्याम, भदौ १५ गते । प्राकृतिक चुचुरा भित्र हरिया चियाका बुट्टा । चियाको सुन्र्दताले इलामको कन्याम सधै पर्यटकको रोजाइमा पर्दे आएको छ । सूर्याेदय नगरपालिकाको प्रवेशद्वारको रुपमा रहेको कन्याम तराईको अचाक्ली गर्मीबाट उम्किएर इलाम उक्लनेहरुका लागि शीतल छहारी जस्तै छ । अझ गर्मी छल्न आउनेहरुका लागि त कन्याम प्राकृतिक एयर कन्डिसन नै वनिदिन्छ ।
भुईँ कुहिरोको घुम्टोभित्र लुकाउँदैै जो कोहीलाई कन्यामले नयाँ उमंग थप्ने गर्दछ । छिनछिनमा बदली रहने मौषम र क्षणभरमै ढपक्क ढाक्ने भुँकुहीरो बीच मुस्कुराउने कन्यामको विशेषताले जो कोहिलाई लोभ्याउने गरेको छ ।
क्षण भरमै भुइँकुहिरो लाग्ने र क्षणभरमै मौसम खुल्ने कन्यामको विशेषता नै हो । जानकारहरुका अनुसार कन्याममा एकै दिनमा १२ पटकसम्म मौसम बदलिरहन्छ ।

थुम्काथुम्कामा मौलाएको सुन्दर चिया बगानकै कारण घुमघाम र वनभोज स्थलका रुपमा चिनिएको कन्यामका अनेकाैं विशेषता छन् । कृषिवाट सुधारिएको यहाँका नागरिकको जीवनशैली, विभिन्न जाजजातिका संस्कृति पर्यटन प्रवर्धनकाे मुख्य आधार बनेको छ । पछिल्लो समय मेचीराजमार्गलाई चौँडा वनाउदै आकर्षक पूर्वाधार निर्माण भएपछि कन्यामको रौनक थप चुलिएको छ । विभिन्न जातजातीको भेषभूषामा सजिएर घोडाचढीको आनन्द लिँदै चियावारी फन्को मार्ने, सेल्फी खिच्ने र टिकटक बनाउने अबसर कन्यामले जुटाएपछि तन्नेरी पुस्ताको घुइँचो बढेको छ ।
नेपालकै ठूलो अर्थोडक्स चिया कारखाना, ऐतिहासिक चिया बगान रहेको कन्न्याममा टि टेस्टिङ तथा प्रमोसोनल सेन्टर, शहीद पार्क र बिभिन्न जातजातिको भेषभूषाको प्रदर्शन जस्ता पूर्वाधार विकासले पनि खोज अनुसन्धानमा आउनेहरुका लागि सहज छ ।
कन्यामकै पर्यटकीय विशेषताका कारण हर्कटे, पाल्टांगी, छिपिटार, फिक्कललगायत क्षेत्रमा महँगो लगानीमा दर्जनौं सुविधासम्पन्न होटलहरु खुलेका छन् । स्थानीयलाई सानो लगानीमा पनि राम्रो आम्दानी लिनका लागि कन्याम क्षेत्रका कोसेली घरले सघाएको छ । हिमशृङ्खलासहित नेपाल र भारतका थुप्रै स्थान कन्यामबाट देख्न सकिन्छ । चलचित्र र म्यूजिक भिडियोको सुटिङ कन्याममा बाक्लै हुने गरेको छ । लेप्चा भाषामा ठोठ्नेघारीलाई कन्द्यम भन्ने गरिन्थ्यो । त्यहि कन्द्यम शब्द विकसित भएर कन्यामम भएको हो । कन्याम अहिले देशकै उत्कृष्ठ पर्यटकीय स्थलका रुपमा विकास भैसकेको छ ।

कन्यामका बिशेषता 

स्वदेशी पर्यटकको रोजाइमा पर्छ कन्याम । चिसो मौसम र यहाँको हरीयाली वातावरणले पर्यटकको मन लोभ्याउने गरेको छ । बनभोज खानका लागि तराईका विभिन्न क्षेत्रबाट आउने पर्यटकले कन्याम भरिभराउ हुने गरेको छ । कन्याममा पर्यटक बिशेषगरी चियाबारी डुल्न र तस्विर खिचाउन आउने गरेका छन् । विभिन्न जातजातीको जातीय पोसाकमा सजिएर तस्विर खिचाउन, घोडचडीको आनन्द लिन पर्यटक रुचाउँछन् । घोडामा चढेर चियाबारीको फन्को मार्दा पर्यटकले आनन्द लिने गरेका छन । कन्याममा सूर्योदय नगरपालिकाको पहलमा सडक चौडा गर्नुका साथै विभिन्न पार्क निर्माण गएिको छ । नगरले कन्याममा पर्यटकलाई लक्षित गर्दे सेल्फी पार्क , टिकटक पार्क निर्माण गरी आधुनिक प्रविधिमा जोडिरहेको छ । सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले कन्याम सबै खाले पर्यटकको रोजाईको गन्तब्य भएकाले त्यहि अनुसार सिंगारने काम भैरहेको जानकारी दिनुभयो ।
कन्याम आएका पर्यटक घुमफिरपछि स्थानीय स्तरमा उत्पादन भएका परिकारहरु चिया, छुर्पी, ललिपप , अकबरे खुर्सानीको कोसेली लिएर फर्किने गरेका छन् । साना साना घुम्तीमा सजाइएका कोसेली किन्न पर्यटकको तँछाडमछाड नै हुने गरेको छ । कन्याममा विदेशी पर्यटकलाई लक्षित गरी टी–टेष्टिङ एण्ड प्रमोसनल सेन्टर निर्माणको काम भैरहेको छ । जहाँ स्वदेशी तथा विदेशी पर्यटकले चियाका विभिन्न स्वाद चाख्न र चियाको अभ्ययन अनुसन्धान गर्न पाउनेछन् ।