logo
२०८० चैत्र १६ शुक्रवार

तस्बिरमा भक्तपुरकाे गाईजात्रा

फोटो फिचर |
समाज |


2021-08-23-45022
तस्विरः सागर बस्नेत


काठमाडौँ, भदौ ७ गते। कोरोना भाइरसको जोखिम नहुँदा राजधानीका मुख्यमुख्य सहरमा गाईजात्राको रौनक फरक हुन्थ्यो । अहिले भने कोरोना जोखिमका कारण गाईजात्रामा निस्केकाहरु मास्क लगाएर सहभागी भएका छन् ।

नयाँ भेरियन्टसहितको कोरोना जोखिमकाबीच राजधानीवासी भौतिक दूरी कायम गर्दैै गाईजात्रा निकालेर सहरबजार घुमाउँदै हिँडेको देखिन्छ । भिड एकत्रित हुन नदिन प्रहरी पनि बाक्लो सङ्ख्यामा परिचालन गरिएको छ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाईजात्रा निकाल्ने परिवारबाट पनि तीनदेखि चार जनासम्म सदस्यमात्र शहरमा निस्केको देखिन्छ । नेवा समुदायको बसोबास रहेका क्षेत्रमा धुमधामका साथ यो पर्व मनाइन्छ । भक्तपुरमा गार्इजात्राको समापनको अवसरमा मानिसको ठूलो भीड लागेको थियो ।

तस्बिरहरू : सुजन गुरूङ्ग / सागर बस्नेत