logo
२०८० चैत्र १६ शुक्रवार



कोरोना सामना गर्न संघर्षरत बङ्गलादेशमा ‘डेङ्ग्यु’को प्रकोप

अन्तर्राष्ट्रिय |


कोरोना सामना गर्न संघर्षरत बङ्गलादेशमा ‘डेङ्ग्यु’को प्रकोप
तस्विर–अलजजिरा


गोरखापत्र अनलाइन
काठमाडौं, साउन १५ गते । कोभिड–१९ को सङ्क्रमणबाट प्रभाबित बङ्गलादेशमा ‘डेङ्ग्यु’को प्रकोप सुरु भएको छ । जुलाई महिनामा मात्रै लामुखुट्टेको टोकाइबाट निम्तिने ‘डेङ्ग्यु’को प्रकोप एक हजार ९२० जनामा पुष्टि भएको छ ।
गत् जुन महिनामा २७२ जनामा ‘डेङ्ग्यु’को प्रकोप पुष्टि भएको थियो । गत् महिनाको तुलनामा करिब ६०० प्रतिशतले ‘डेङ्ग्यु’को बिरामीमा बृद्धि भएको छ । समाचार संस्था अलजजिराले स्वास्थ्य सेवा निर्देशनालयलाई उद्धृत गर्दै २०२१ मा हालसम्म ‘डेङ्ग्यु’का दुई हजार २९२ बिरामी पुष्टि भएको उल्लेख गरेको छ । हालसम्म तीन जनाको मृत्यु भएको छ ।
‘डेङ्ग्यु’का अधिकांश बिरामी राजधानी ढाकामा फेला परेका छन् । ढाकामा करिब एक करोड ७० लाख ब्यक्ति बसोबास गर्छन् । बङ्गलादेशमा गएको चौबीस घण्टामा मात्रै २३९ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म २० हजार २२५ जनाको मृत्यु भएको छ ।
शुक्रबार मात्रै १५ हजार २७१ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । हालसम्म १२ लाख २६ हजार २५३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?