logo
२०८० चैत्र १६ शुक्रवार

सुनसान सौराहा, पर्यटक कुर्दै व्यवसायी (फोटो फिचर)

फोटो फिचर |
पर्यटन |


2021-07-26-42898
तस्बिर सुजन गुरूङ्ग 


 सुजन गुरुङ्ग
सौराह, साउन ११ गते । सधैं पर्यटकको चहलपहल रहने देशकै प्रमुख र आकर्षक पर्यटकीय क्षेत्रको रुपमा रहेको चितवनकाे सौराहा अहिले सुनसान छ कोरोना महामारीका कारण देशव्यापी आह्वान गरिएको बन्दबन्दीले सो क्षेत्रका होटल, रेष्टुराँसँगै सम्पूर्ण पर्यटकीय गतिविधि पूर्ण रुपमा बन्द छन् । सौराहाका सडक खाली देखिन्छन् भने व्यापारीहरु ग्राहक तथा पर्यटककाे पर्खाइमा देखिन्छन् ।
थोरै सङ्ख्यामा आउने आन्तरिक पर्यटकले सो क्षेत्रको पर्यटनमा केहि आशा देखाए पनि त्यो पर्याप्त नभएको होटल सञ्चालक तथा रत्ननगर नगरपालिका ६ नम्वर वडाका अध्यक्ष बलराम दाहाल बताउनुहुन्छ । लकडाउनको पूर्णरुपमा पालना गरेका सो क्षेत्रका पर्यटन व्यवसायीहरुले जिल्ला प्रशासन कार्यालयको अनुमतिमा हाल होटल तथा रेष्टुराँहरु आंशिक रुपमा सञ्चालन गरेकाे उहाँ बताउनुहुन्छ ।
चितवन राष्ट्रिय निकुञ्जभित्र सञ्चालन हुने जङ्गल सफारी, जीप सफारी र हाइकिङ् बन्द हुँदा पर्यटक गाईडहरु पनि फुर्सदिला भएका छन् । विगत ११ वर्षदेखि सौराहामा गाइडको काम गर्दै आउनुभएका राजु रिक्शन हाल कहिलेबाट महामारी सामान्य हुन्छ र पहिलेकै जस्तो गाइड गर्दै हिँड्न पाइन्छ भन्ने प्रतीक्षामा रहेको बताउनुहुन्छ । हाल दुई तीन जना मात्र आन्तरिक पर्यटक आउने निकुञ्ज बन्द भएको र केवल सिमसार क्षेत्रमा मात्र जान पाउने भएकोले त्यसैबाट गुजारा चलेको बताउनुहुन्छ ।