logo
२०८० चैत्र १६ शुक्रवार

बिस्का: जात्राका लागि बनाइँदै रथ (फाेटाे फिचर)

फोटो फिचर |
समाज |


2021-04-02-34826
तस्बिर -सुजन गुरूङ्ग 


गाेरखापत्र अनलाइन 

काठमाडाैं, चैत २० गते । भक्तपुरको प्रसिद्ध बिस्काः (बिस्केट) जात्राका लागि रथ बनाउन थाालिएकाे छ ।  यस वर्षको बिस्काः जात्राका लागि टौमढीस्थित प्रसिद्ध पाँचतल्ले मन्दिर प्राङ्गणमा भैलखः बनाउन शुरु गरिएको हो । भैलखः करिब ३० फिट अग्लो तीन ले प्यागोडा शैलीको हुने गर्छ ।

गतवर्ष कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण जात्रालाई औपचारिक पूजामा सीमित गरिएको थियो । भैलखः निर्माण हुँदै गर्दा कोरोना महामारी र यसको नियन्त्रणका लागि बन्दाबन्दी (लकडाउन) गरिएपछि भैलखः निर्माण बीचमै रोकिएको थियो । । भैलखः बनाउँदा फलामको किला प्रयोग नहुने र परम्परागत शैलीमा काठको चुकुल मात्र प्रयोग गरिन्छ ।

भैलखः निर्माण र बिस्काः जात्राका लागि आवश्यक सम्पूर्ण सामग्री यसै साता आइपुग्ने गुठी संस्थान प्रमुख आनन्द कर्माचार्यले जानकारी दिनुभयो । 

भक्तपुरमा बिस्काः जात्रा नौ दिन आठ रातसम्म धुमधामका साथ मनाइन्छ । विक्रम संवतकाे नयाँ वर्ष शुरु हुनु चार दिनअघि साँझ भैलखः तानेर बिस्काः जात्रा शुरु गरिन्छ ।