तस्बिरमा यस्तो देखियो सिन्दूर जात्रा
गोरखापत्र अनलाइन
बैशाख २, २०७८ बिहीबार
भक्तपुरको मध्यपुर थिमिमा सिन्दूर जात्रा मनाइएको छ । हरेक वर्षको सुरुवातमा भक्तपुरको मध्यपुर थिमिमा मनाइने सिन्दूर जात्रा बिस्केट जात्राअन्तर्गत हुने एक जात्रा हो ।
बिस्केट (बिस्काः) जात्राको अवसर पारेर मनाइने ३२ खटको सिन्दुर जात्रा मनाइन्छ । देवता खटमा राखी धिमेबाजाका साथ चिराग बाली यो जात्रा मनाइने परम्परा रहिआएको छ ।
जात्रा प्रत्येक चोक, चौबाटो र नगरपरिक्रमा गर्दा घरको झ्याल, कौसी र छतबाट अबिर, फूल छर्केर स्वागत...