logo
२०८१ बैशाख ११ मंगलवार



एमसीसी जस्ता सहयोगमा नेपाली जनताको चाहनाको पूर्ण रुपमा सम्मान गरिएको हुन पर्छ : चीन

राष्ट्रिय |




काठमाडो, फागुन ६ गते । उत्तरी छिमेकी चीनले अमेरिकी विकास सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) जस्ता सहयोग नेपाली जनताको चहानालाई पूर्ण रुपमा सम्मान गरिएको कुनै पनि राजनीतिक क्रमसँग नजोडिएको हुनु पर्ने बताएको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वान पिनले नियमित पत्रकार सम्मेलनमा बोल्दै शुक्रबार सो कुरा बताउनु भएको हो । साथै प्रवक्ताले भन्नुभएको छ, "हामी नेपालको सार्भैमिकता र इच्छा विपरितको स्वार्थपूर्ण उद्देश्य हासिल गर्न अपनाइने दाबाबमुलक कुटनीति र कुनै पनि गतिविधिको विरोध गर्छौं ।'
पछिल्ला दिनमा नेपालमा एमसीसीको विषय पेचिलो बन्दै गएको छ। सत्ताको नेतृत्वकर्ता नेपाली कांग्रेसले एमसीसी अनुमोदन गर्ने निर्णय गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवा संसदमा एमसीसी पेश गर्ने तयारीमा हुनुहुन्छ। सत्ता गठबन्धनकै दलका युवा संगठनले भने एमसीसी स्वीकार्य नभएको भन्दै विरोध प्रदर्शन गरिरहेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?