logo
२०८० चैत्र १६ शुक्रवार



गोपाल लोहारको 'तिम्रो याद आयो' सार्वजनिक

मनोरञ्जन |




काठमाडौं, माघ १३ गते । गीतकार गोपाल लोहारको नयाँ म्युजिक भिडियो 'तिम्रो याद आयो' सार्वजनिक भएको छ । गोलो प्रडक्शनको आधिकारिक च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो ।

गायक सविन सुवेदीको स्वर रहेको यो गीतमा दिपक शर्माले संगीत दिनुभएको छ । यस्तैै, गीतमा उदय राज पौडेलले संगीत संयोजन रहेको छ ।

श्याम तामाङले छायाँकन गर्नुभएको यस भिडियोलाई विकाश दाहालले सम्पादन गर्नुभएको हो । काजी लिम्बु र श्याम लामाको सयुक्त निर्देशनमा तयार पारिएको यस भिडियोको निर्माणमा भने भीमा लोहार हुनुहुन्छ ।

यसअघि गीतकार लोहारको शब्दमा 'जुनमा हेरु तिमीलाई', 'किन मायामा', 'एकै छिन', 'राधा पियारी' लगायतका थुप्रै भिडियोहरु सार्वजनिक भैसकेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?