logo
२०८० चैत्र १५ बिहीवार



सहकारीद्वारा किसानलाई आधुनिक कृषि औजारको सुविधा

खुला |
प्रदेश |




गोपी ज्ञवाली
नवलपरासी, माघ ८ गते । पश्चिम नवलपरासी सुनवल नगरपालिकाको स्वाठीमा रहेको एक सहकारीले गाउँका किसानहरुलाई सहकारीमार्फत आधुनिक कृषि औजारको सुविधा प्रदान गरेको छ । सुनवल नगरपालिका ९ स्वाठीस्थित स्वाठी कृषि सहकारी संस्थाले स्थानिय किसानहरुलाई कृषि कार्यका लागि लाखौं रुपियाँ पर्ने अत्याधुनिक कृषि औजारहरु सहुलियत दरमा उपलब्ध गराएको हो ।

सुनवल नगरपालिका र विभिन्न दाता संस्थाहरुले किसानहरुलाई दिएको विभिन्न प्रकारका आधुनिक कृषि औजारको संचालन एवं व्यवस्थपनका लागि स्थाठीका किसानहरु मिलेर दुई वर्ष पहिला स्वाठी कृषि सहकारी संस्था स्थापना गरेको स्वाठी कृषि सहकारी संस्थाका अध्यक्ष गिरबहादुर थापाले बताउनुभयो ।

दुई वर्ष पहिला सुनवल नगरपालिकाको समन्वयनमा कोईका नामक कोरियन संस्थाले किसानहरुलाई आधुनिक कृषि काममा सहयोग गर्न भन्दै विभिन्न प्रकारका कृषि औजारहरु अनुदानमा दिने भएपछि स्वाठीका किसानलाई स्थानिय जनप्रतिनिधीहरुको सहयोगमा स्वाठी कृषि सहकारी संस्था स्थापना गरेको सहकारीका अध्यक्ष थापाले बताउनुभयो ।

अहिले स्वाठी कृषि सहकारी संस्थामा दुई टयाक्टर, ट्रली, लेन्डलेजर, लेवलर (जमिन सम्याउने मेशिन), गँहु, धान काटने कम्पाईल मेशिन, रोटावेटर, हेप्पी सिडर (विउ छर्ने मेशिन), कम्बाईन हारर्वेस्टर, पोटेटो प्लान्टर (आलु छर्ने खन्ने मेशिन), स्टावेलर (पराल सोर्ने वा डल्लो पार्ने मेशिन) लगायत अहिले आधुनिक प्रविधिका दर्जन बढी आधुनिक कृषि औजारहरु रहेका छन् ।

उक्त कृषि औजारहरुको परिचालनको विधि र दर किसानहरु सहकारीमा बसेर साझा एवं सस्तो दरमा संचालन गर्ने निर्णय गरेको स्वाठी कृषि सहकारी संस्थाकी ब्यवस्थापक पुनम जैसवालले बताउनुभयो । दाता संस्थाले किसानलाई लाखौ रुपियाँका आधुनिक कृषि यन्त्रहरु प्रदान गर्नुकासाथै यन्त्रहरु संचालन गर्नका लागि स्थानिय किसानलाई समेत प्रशिक्षण दिएको छ । स्वाठी गाउँ अहिले प्रविधि युक्त गाउँको रुपमा परिचित बनेको छ ।
सहकारी संस्थाद्वारा सहुलियत दरमा कृषि यन्त्रहरु संचालन शुरु गरेदेखि गाउँभन्दा बाहिर अन्य स्थानबाट धान गहँु काटने बेलामा आउने मेशिनलाई पनि सहकारीको दरमा नै काम गर्नुपर्ने नियम लगाइएपछि किसानलाई कृषि उत्पादनमा सहजता पाएको सुनवल नगरपालिका ९ का अध्यक्ष कन्हैया थारुले बताउनुभयो । स्वाठी कृषि सहकारी संस्थामा अहिले ३०९ जना किसानहरु सहभागी छन् । किसानहरु सहकारीको सदस्य बन्न आउनेको संख्या बढदैगएको सहकारीका ब्यवस्थापक जैसवालले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?