logo
२०८० चैत्र १५ बिहीवार



काँग्रेसमा युवा पुस्ता : नेतृत्व शैलीमा परिवर्तन आवश्यक

राष्ट्रिय |


काँग्रेसमा युवा पुस्ता : नेतृत्व शैलीमा परिवर्तन आवश्यक


काठमाडौं, पुष ६ गते । सत्तारुढ दल नेपाली काँग्रेसको १४ औं केन्द्रीय महाधिवेशनबाट सभापतिमा  शेरबहादुर देउवा पुनः निर्वाचित हुनुभयो । उपसभापतिद्वयमा पूर्णबहादुर खड्का अनुभवी नेता हाे भने धनराज गुरुङ नयाँ अनुहार हो ।

महामन्त्रीद्वयमा युवा पुस्ताबाट गगन थापा र विश्वप्रकाश शर्मासम्मको नेतृत्व चयनबाट आशलाग्दो अवस्था सिर्जना भएको विश्लेषकहरुको धारणा छ । काँग्रेसले आगामी दिनमा परिणाममुखी प्रतिफलका लागि पार्टी नेतृत्व कसरी अगाडि बढ्नुपर्छ भन्ने सन्दर्भमा राजनीतिक विश्लेषक प्रा.डा. लोकराज बराल, होमनाथ दाहाल र अर्थ–राजनीतिक विश्लेषक डा. अच्युत वाग्लेसँग गरिएको संवादः

देशमा लोकतन्त्रका लागि सबैभन्दा पहिला लडेको नेपाली काँग्रेस पाटीभित्र लोकतान्त्रिक अभ्यास भइरहेको भन्ने पुष्टि १४ औं महाधिवेशनले पुनः स्थापित गरेको राजनीतिक विश्लेषकहरु बताउँछन् । राजनीतिक विश्लेषक प्रा.डा. लोकराज बराल भन्नुहुन्छ, – ‘काँग्रेसका कार्यकर्ताले पार्टी नेतृत्व अर्थात् सभापतिलाई यथास्थितिमा राखे पनि महामन्त्रीमा युवा पुस्ताबाट आउनु राम्रो लक्षण हो ।

नेतृत्व परिवर्तन चाहेका प्रकाशमान सिंह, विमलेन्द्र निधि सबैले पुरानाे नै रोजे । उतै भोट हाले ।’ शेखरलाई किन नेता मानौं, देउवा प्रधानमन्त्री पनि छन्, आफ्नै हिसाबकिताब पनि होला भन्ने ठानेको छु । नभए त, हिजो शेरबहादुरको विरोधमा बोल्दै आएकाहरु एकाएक परिवर्तन भए । शेखरजीलाई आफ्नै परिवारले दिएनन् तर पनि त्यत्रो भोट ल्याए । उहाँलाई शशाङ्क कोइरालाले भोट मागेको भए नि हुन्थ्यो तर उनी तटस्थ बसेकाले त्यो भएन । अब शेखरले राजनीति गर्छन् जस्तो मलाई लाग्छ ।

बीपी कोइराला पुत्र डा. शशाङ्क कोइराला पार्टीमा चार पाँच वर्ष महामन्त्री पदमा रहनुभए पनि उहाँको भूमिका प्रभावकारी नदेखिएको बराल बताउनुहुन्छ । नेतृत्व शैलीमा परिवर्तन आवश्यक उहाँका अनुसार आगामी दिनमा पार्टी नेतृत्व विशेषगरी सभापतिले कार्यशैली परिवर्तन गर्नुपर्छ । पार्टीलाई जिताउने हो भने जनमुखी कार्यक्रमहरु गर्नुप¥यो । बीपीको नाम भजाउन खोजेको होला, त्यो सम्भव छैन । सबै पार्टीकाले जस्तै चुनाव ग¥यो सभापति, महामन्त्री चुनेर मात्रै हुँदैन ।

काँग्रेसमा जन्मदेखि नै लोकतान्त्रिक छवि भएको पार्टी हो । कम्युनिष्टहरु फुटेको समय भएकाले पनि काँग्रेसलाई ठूलो मौका छ । त्यसैले अब काँग्रेसलाई पुरानो किसिमले हाँक्नु हुँदैन । देउवाले पनि केही गरेर देखाउन प¥यो नि ! आफैँले पनि नयाँ किसिमले सोचेर आगामी चुनावमा बहुमत ल्याउने तयारी गर्नुपर्छ, उहाँ भन्नुहुन्छ ।

नयाँ नेतृत्वले काँग्रेसजनमा आत्मविश्वास वृद्धि काँग्रेस १४ औं महाधिवेशनबाट चयन भएको नयाँ नेतृत्वले काँग्रेसजन र सम्पूर्ण लोकतन्त्रमाथि विश्वास गर्नेहरुमा उत्साह र आत्मविश्वस वृद्धि भएको विश्लेषक होमनाथ दाहाल बताउनुहुन्छ । २००७ सालदेखि २०४६, २०६२–६३ सम्मको जनआन्दोलन र अन्तिममा २०७२ मा पनि काँग्रेसकै नेतृत्वमा संविधान जारी भयो ।

काँग्रेसले अब लोकतन्त्रलाई संस्थागत गर्ने, स्थयीत्व दिने काम गर्नुपर्छ ।’, दाहाल बताउनुहुन्छ । काँग्रेसमा हिजोको विवादबाट मुक्त भएर नयाँ सन्दर्भमा अगाडि जानुपर्छ । कुनै पनि कम्युनिष्टलाई लोकतन्त्रमाथि विश्वास छैन । लोकतन्त्र ठूलो खतरामा छ, यसलाई कमजोर बनाउन खोजिएको छ, उहाँ भन्नुहुन्छ । पार्टीमा संस्थापन र संस्थापन इतर भन्ने विषयले काँग्रेस विभाजित हुँदै गएको उहाँ बताउनुुहुन्छ ।

यसले आममानिसमा नकारात्मक सन्देश गयो, मलाई लाग्छ,अब यो समाप्त हुन्छ, हुनुपर्छ । किनभने अब त्यो किसिमको नेतृत्व छैन । लोकतान्त्रिक पार्टीभित्र असहमति, मतभेद हुनसक्छन् तर विधि, प्रक्रिया अन्तर्गत समाधान हुनुपर्छ । त्यही परिस्थिति दोहोरिन्छ जस्तो मलाई लाग्दैन । नयाँ चुनौतीका साथ नयाँ नेतृत्व आएको छ, उहाँ बताउनुहुन्छ । महाधिवेशनको सबै प्रक्रिया पूरा हुने बित्तिकै कार्यसमितिको बैठक बसेर कार्य सम्पादन समिति बनाउन पनि सुझाव दिनुहुन्छ ।

यससँगै नेपाल विद्यार्थी संघ, तरुण दललगायतका पार्टीको भ्रातृ सङ्गठनहरुको जति छिटो अधिवेशन हुन सक्यो पार्टीमा युवा शक्ति थप मजबुत हुने उहाँको भनाइ छ । ‘विगतमा पनि र १३ औं कार्यकालमा त्यो हुन नसक्दा युवामा कता–कता नैराश्य ल्याएको थियो । अब यो हटेर आत्मविश्वास आएको छ । पाँचदलीय सत्ता गठबन्धनको समेत नेतृत्व गरिरहेको काँग्रेसले सबैको साथ लिएर अबको एक, डेढ वर्षभित्र तीनै तहको चुनावको तयारीमा जुट्नुपर्छ । तर, काँग्रेस एक्लैको मात्र सरकार नभएकाले एउटैले मात्र निर्णय गरेर नहुने उहाँ तर्क गर्नुहुन्छ ।

‘अहिलेको देशको परिस्थति र विश्वको चुनौतीलाई अध्ययन गरेका युवाहरु कार्यसमितिमा आएका छन्, यसलाई मिलाएर लान सक्छन् भन्नेमा विश्वास छ । विगतमा भागबण्डामा अल्मलिएका कारण पार्टीका निर्णयहरु कार्यान्वयन हुन सकेनन् तर अबको दिनमा लोकतन्त्रवादी र नेपाली जनताको आकांक्षा पूरा गर्नतर्फ जुट्नुपर्छ ।' उहाँ भन्नुहुन्छ । 'काँग्रेसले राष्ट्रिय राजनीति लिगमा राख्नुपर्छ ।'

यस्तै, अर्थराजनीतिक विश्लेषक डा. अच्युत वाग्लेका अनुसार सबै दलको राजनीति आफ्नो लिकबाट बाहिर नजाओस् भनेर पनि काँग्रेसले काम गर्नुपर्नेछ । नेतृत्वभित्र पनि समन्वय आवश्यक छ, अहिले पार्टीभित्र पुराना खेमाहरु भत्किएको छ । अब फेरि नयाँ खेमा बनेर पहिलेकै ढंगले काम गर्ने हो भने पहिलेकै रोग दोहोरिन्छ । यसर्थ, यसको साटो नयाँ एजेण्डा र विचारका साथ सहमति र असहमतिको बाटो निकालेर राष्ट्रिय हितको एजेण्डालाई आधार बनाएर एकीकृतरुपमा अघि बढ्न आवश्यक रहेको उहाँ बताउनुहुन्छ ।

यसैगरी, सबै राजनीतिक दलहरुमा जस्तै देशमा जल्दाबल्दा खासगरी आर्थिक समस्या एकातिर राखेर कोरा राजनीति मात्रै गरिरहने हो भने समस्या जटिल बन्दै जानेछ । अल्पकालीन रुपले हेर्दा मुलुकको अर्थतन्त्र ठूलो सङ्कटग्रस्त अवस्थामा छ । तर यस विषयमा कुनै पनि दलको महाधिवेशनमा छलफल भएन, उहाँ भन्नुहुन्छ ।

दीर्घकालमा संस्थागत भएका पार्टीहरुले मुलुकको अर्थतन्त्रलाई कुन बाटोमा के–के कार्ययोजनाका साथ कसरी अगाडि बढाउने भन्ने प्रष्ट नपारिकन मुलुकको अवस्थामा परिवर्तन आउँदैन । यसर्थ सत्तारुढ पनि भएकोले पहिलो त धरासयी भएको अर्थतन्त्रलाई जोखिमबाट फर्काएर ल्याउने हिम्मतिलो निर्णयको आवश्यक छ । दोस्रो, संघारमा आएको राष्ट्रिय निर्वाचन, संघीय संसददेखि स्थानीय तहसम्मको निर्वाचनलाई स्वच्छ बनाउने कुरा गर्न जरुरी छ । र, तेस्रो, सङ्घीयता लागू भइसकेपछि निर्वाचित सरकारले गरेका कामहरुको निर्मम एवम् वस्तुपरक समीक्षा गर्न आवश्यक छ ।

यो जिम्मेवारी काँग्रेसको काँधमा थप किन छ भने, यो मूलभूतरुपमा लोकतन्त्रको आधार हो । आगामी निर्वाचनको तयारीका लागि जनताले भोगिरहेका जल्दाबल्दा समस्या समाधान गर्नप¥यो । कोभिड–१९ को खोपको उपलब्धता हुनप¥यो । पूँजीगत खर्च पटक्कै हुन नसकेको अवस्था छ । भयावह ढङ्गले आयात, व्यापार घाटा र महँगी बढेको अवस्था छ, यसलाई नियन्त्रण गर्नुपर्ने उहाँको सुझाव छ । काँग्रेस महाधिवेशनले चयन गरेको नयाँ नेतृत्वले जुन आशा जगाएको छ, त्यो मर्न दिनुभएन, यति ग¥यो भने पुग्छ', उहाँ भन्नुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?