logo
२०८० चैत्र १५ बिहीवार



भारतीय सेनाको हेलिकोप्टर दुर्घटनामा पर्नु भएका सेना प्रमुख रावतको निधन

अन्तर्राष्ट्रिय |




काठमाडौं,मङ्सिर २२ गते । भारतको तमिलनाडुको कुन्नूरमा बुधबार भारतीय सेनाको हेलिकोप्टर दुर्घटनामा परेका सेनाका चिफ अफ डिफेन्स (सिडिएस) बिपिन रावतको निधन भएको छ । टाइम्स अफ इण्डियाका अनुसार रावत र उहाँका धर्मपत्नी र अन्य ११ जनाको मृत्यु भएको छ ।
उहाँ मृत्युबारे सरकारले भोलि औपचारिक रूपमा संसदमा जानकारी गराउने तयारी गरेको जनाइएको छ । हेलिकोप्टरमा सेनाका अन्य उच्च अधिकारी सहित १४ जना सवाररहेको भारतीय सञ्चार माध्यम “आजतक”ले उल्लेख गरेको छ  । भारतीय समयअनुसार दिउँसो १२ : २० मा दुर्घटनामा परेको हो । मृतहरुको डिएनए परिक्षणबाट पहिचान खुल्ने ”आजतक“ले उल्लेख गरेको छ । हेलिकोप्टर दुर्घटनाको मुख्य कारण खराब मौसम रहेको जनाईएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?