logo
२०८० चैत्र १५ बिहीवार



बढ्यो सुनको मूल्य : चाँदीको स्थिर

अर्थ |




काठमाडौँ, ११ कात्तिक ११ गते । नेपालमा सुनको मूल्य प्रतितोला रु. ४०० ले उकालो लागेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु .९२ हजार ४०० तोकिएको छ । पहेँलो धातु बुधबार प्रतितोला रु. ९२ हजार कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु. ९१ हजार ९०० रहनेछ जसको मूल्य बुधबार ९१ हजार ५०० तोकिएको थियो ।
त्यस्तै चाँदी प्रतितोला रु. एक हजार २५०मा कारोबार हुने महासङ्घले जनाएको छ । चाँदी बुधबार प्रतितोला रु. एक हजार २५० मा नै कारोबार भएको थियो । महासङ्घले अन्तरराष्ट्रिय बजारको कारोबार मूल्यका आधारमा यहाँ सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?