logo
२०८० चैत्र १६ शुक्रवार



अपहरण भएको १४ घण्टापछि पाँच वर्षको बालक सकुशल उद्धार

विदेश |
खुला |
समाज |





जानु पाण्डे
कपिलवस्तु, कार्तिक १० गते । कपिलवस्तुको शुद्धोधन गाउँपालिका ३ गुलरीका पाँच वर्षीय बालकको अपहरण भएको १४ घण्टापछि सकुशल उद्धार गरिएको छ । घरमा खेल्दै गरेका सलमान खान डफाली मङ्गलबार दिउँसो १ बजे अपहरणमा परेका थिए । डफालीको बुधवार राति पौने ३ बजे उद्धार गरी परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताउनुभयो ।
प्रहरीमा दिएको जाहेरी अनुसार भारतको सिद्धार्थनगर जिल्ला अलिगडवा बस्ने मौफुस मुसलमानले अपहरण गरेका थिए । डफालीका बुवासँग आर्थिक लेनदेनको विषय नमिल्दा मुसलमानले बालक अपहरण गरेका थिए । कपिलवस्तु र रुपन्देहीको सीमा नजिकबाट मोटरसाइकल प्रयोग गरी भारत लगेको थियो । मुसलमानले पाउनुपर्ने रकम पाएपछि बालकलाई अपहरण मुक्त गरेका थिए । बालकलाई सकुशल मुुक्त गराउन जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले भारतीय प्रहरीको सहयोग लिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?