logo
२०८१ बैशाख ६ बिहीवार



उद्योग स्थापनाका लागि प्रदेश २ उर्वरभूमिः मुख्यमन्त्री राउत

अर्थ |
प्रदेश |




विजयकुमार साह
ढल्केबर, कात्तिक ६ गते । प्रदेश २ का मुख्यमन्त्री लालबाबू राउतले प्रदेश २ को आठवटै जिल्ला उद्योग स्थापनाका लागि उर्वरभूमि भएको बताउनुभएको छ । उहाँले प्रदेश २ को भू–बनोट, विद्युतीय सुविधा र उत्पादित समानलाई बजारसम्म ढुवानी गर्न सजिलो हुनाले उद्योगका लागि उर्वर भूमि भएको प्रष्ट पार्नुभयो ।

धनुषाको ढल्केवरमा जानकी अटोमोबाइल्स एशोसिएशन अफ नेपालको प्रथम वार्षिक साधारण सभालाई सम्बोधन सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री राउतले सो कुरा बताउनुभयो । प्रदेश सरकारले उद्योगीलाई सहयोग हुनेगरी ऐन कानुन निर्माण गर्नेदेखि आवश्यक पर्ने वातावरण तयार गर्न प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।

मुख्यमन्त्री राउतले अन्तर्राष्ट्रियस्तरमा निर्यात गर्नेखालका उद्योग कलकारखाना स्थापना गर्न उद्योगीहरुलाई आग्रह गर्नुभयो । नाडा अटोमोबाइल्स एशोसिएशन नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालले हाल नेपालमा केही मोटरसाइकल एसम्बलिङ्ग उद्योगहरुले उत्पादन गरिरहेको जानकारी दिनुभयो । सरकारले ल्याएका नीतिहरुले निरन्तरता पाएमा नेपालमा अटोमोबाइल्स उद्योग फष्टाउँदै जाने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

नेपालमा खपतको आधा लुब्रिकेण्टस (मोबिल) नेपालमै उत्पादन भइरहेको जानकारी दिँदै अध्यक्ष दुलालले सरकारले यसलाई थप प्रोत्साहन गर्ने हो भने उत्पादन बढाएर विदेश निर्यात गर्न सकिने धारणा राख्नुभयो ।

सरकारले विद्युतीय सवारीसाधनको उत्पादनलाई उच्च प्राथमिकता दिएको सन्दर्भमा विद्यतुतीय सवारी साधनको मुख्य औजार र ब्याट्री यहीँ उत्पादन गर्न सकिने व्यवस्थाका लागि सरकारले नीतिगत व्यवस्था गर्नुपर्ने अध्यक्ष दुलालले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?