logo
२०८१ बैशाख ८ शनिवार



पर्यटनमा जागेको आशा

विचार/दृष्टिकोण |




निनाम कुलुङ ‘मङ्गले’

पर्यटनको क्षेत्रमा केही सुधार हुँदै जाने अवस्था सिर्जना भएको छ । नेपालीहरूका लागि सुखद कुरो के भने, सन् २०२० मा कोरोना (कोभिड–१९) महामारीका कारण धेरै कम सङ्ख्यामा विदेशी पर्यटक नेपाल घुम्न आएको भए पनि सो वर्ष नेपाल घुम्न आएका विदेशी पर्यटकबाट समग्रमा २५ अर्ब नेपाली रुपियाँ बराबर आम्दानी गर्न सफल भएको छ । पर्यटन क्षेत्रबाट भएको यो आम्दानी तुलनात्मक रूपमा सुधार हो । पर्यटन विभागका अनुसार सन् २०१९ को तुलनामा सन् २०२० मा पर्यटन क्षेत्रको आम्दानी ८० प्रतिशतले बढी आम्दानी हो । तथ्याङ्क नै हेर्ने हो भने सन् २०१९ मा पनि सन् २०१८ को तुलनामा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकबाट नेपाली पर्यटन उद्योग र नेपाल सरकारले ७३ प्रतिशतभन्दा बढी आम्दानी गरेको थियो ।

अहिलेको पर्यटन क्षेत्रको दुरवस्था भनेको नेपालको मात्रै नभएर विश्वभरिकै पर्यटन उद्योग र पर्यटनसँग सम्बन्धित व्यवसाय समस्यामा परेको हो । यसको मुख्य कारण भने सन् २०१९ को डिसेम्बर अन्तिमताका चीनको दक्षिण–पूर्वी प्रान्त हुबेईको राजधानी सहर वुहानबाट पैmलिन सुरु भएको ‘नोभेल कोरोनाभाइरस’ को महामारी नै हो भन्ने कसैबाट लुकेको छैन । कोरोना महामारीले विश्वभरकै पर्यटन क्षेत्रलाई प्रतिकूल असर पा¥यो । नेपाल पनि त्यसबाट वञ्चित हुनसकेन । विदेशी मुद्रा आर्जन गर्ने पर्यटन क्षेत्र कोरोना महामारीको चपेटामा पर्दा राष्ट्रिय आयका साथै रोजगारी र उत्पादनमा पनि असर परेको छ ।

संसारभरकै पर्यटन व्यवसायमा तत्काल सुधार आउने छैन । विश्व पर्यटन सङ्गठन ‘वल्र्ड टुरिज्म अर्गनाइजेसन’ (युएनडब्लुटिओ) को पछिल्लो प्रतिवेदनअनुसार विश्व पर्यटनमा पूर्णरूपमा सुधार आउन अभैm लगभग तीन वर्ष अर्थात् सन् २०२४ सम्म लाग्न सक्छ । आगामी तीन वर्षपछि विश्व पर्यटन सन् २०१९ को स्थितिमा आउन सक्ने देखिएको छ । केही बाधा अड्चन आएन भने बल्ल त्यसपछि साविक अवस्थामा पुग्न सक्नेछ । सन् २०२५ पछि भने विश्व पर्यटनमा सङ्ख्या बढ्दै जानेछ र उनीहरूले गर्ने खर्चमा पनि बढोत्तरी आउने अनुमान छ ।

नेपालमा पर्यटक आगमनको तथ्याङ्क राख्न सुरु गरेको सन् सन् १९६३ देखि हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहत रहेको पर्यटन विभागले सन् २०१३ मा प्रकाशित गरेको ‘नेपाल टुरिज्म स्टाटिस्टिक–२०१३’ नामक पुस्तकमा उल्लेख भएअनुसार सन् १९६३ मा नेपालमा जम्मा सात हजार २७५ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेको तथ्याङ्क छ । त्यसपछिका वर्षहरू केहीले बढ्ने र कहिले घट्ने गरी पर्यटन आगमन भएको देखिएको छ । त्यसैगरी सन् १९६४ मा नौ हजार ५२६, सन् १९६५ मा नौ हजार ३८८ आए । सो वर्ष अघिल्लो वर्षको तुलनामा एक दशमलव चार प्रतिशत कमी आएको देखिएको छ । सन् १९६६ मा १२ हजार ५६७, सन् १९६७ मा १८ हजार ९३ जना, सन् १९६८ मा २४ हजार २०९ जना, सन् १९६९ मा ३४ हजार ९०१ जना, सन् १९७० मा ४५ हजार ९७० जना, सन् १९७१ म ४९ हजार ९१४ जना देखिएको छ । यसैगरी सन् १९७२ मा ५२ हजार ९३० जना, सन् १९७३ मा ६८ हजार ४७ जना, सन् १९७४ मा ८९ हजार ८३८ जना, सन् १९७५ मा ९२ हजार ४४० जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । नेपाल विश्व पर्यटन गन्तव्यमा पर्दै गएपछि पछिल्ला वर्षमा पर्यटकको सङ्ख्या बढ्दै गएको देखिएको छ ।

नेपाल सन् १९७० को दशकमा पर्यटकको सङ्ख्यामा राम्ररी बढोत्तरी भएको देखिएको छ । सन् १९७६ देखि नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको सङ्ख्या एक लाख नाघ्न थाल्यो । स्मरण रहोस्, सन् १९७६ मा एक लाख पाँच हजार १०८ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् १९८० को दशकदेखि नै पर्यटन आगमनमा उच्च वृद्धि भएको छ । सो दशकमा अघिल्लो दशकभन्दा पर्यटन आगमनमा उच्च वृद्धि छ ।
पर्यटक आगमनमा वृद्धि हुने क्रमसँगै सन् १९८६ मा दुई लाख २३ हजार ३३१ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । त्यस्तै सन् १९९२ मा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्याले तीन लाख नाघ्यो । सन् १९९२ मा तीन लाख ३४ हजार ३५३ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरे तर सो बढोत्तरी भने निरन्तर कायम रहन सकेन । किनभने सन् १९९३ मा सो सङ्ख्या घटेर दुई लाख ९३ हजार ५६७ जनामा झ¥यो । सन् १९९२ को तुलनामा यो सङ्ख्या १२ दशमलव दुई प्रतिशत कम थियो । त्यसबेला पर्यटनमा आएको कमीको कुनै कारण उल्लेख नभए पनि काठमाडौँ उपत्यकामा भएको प्रदूषण, फोहोरलगायतका कारण हुने सक्ने आकलन गरिएको छ ।

कुनै वर्ष पर्यटनमा कमी आए पनि नेपाल भ्रमण वर्ष मनाउने क्रमसँगै पर्यटनमा बढोत्तरी आएको देखिएको छ । सन् १९९७ मा नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको सङ्ख्या चार लाख पुग्यो तर नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्या पाँच लाख पुग्न अर्को १० वर्ष लाग्यो । अर्थात् सन् २००७ मा बल्ल पाँच लाख २६ हजार ७०५ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरे । त्यसपछि सन् २०१० मा छ लाख दुई हजार ८६७ जना, सन् २०११ मा सात लाख ३६ हजार २१५ जना, सन् २०१२ मा आठ लाख तीन हजार ९२ जना, सन् २०१३ मा सात लाख ९७ हजार ६१६ जना नेपाल भ्रमणमा विदेशी पर्यटक आए । यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा शून्य दशमलव सात प्रतिशत कम थियो । नेपाल आउने विदेशी पर्यटकको सङ्ख्यामा बढोत्तरी हुँदै आठ लाख, नौ लाख, १० लाख हुँदै सन् २०१९ मा आइपुग्दा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्या ११ लाख ९७ हजार १९१ जना विदेशी पर्यटक नेपाल आएका थिए । यो सङ्ख्या झण्डै १२ लाख नजिक थियो । यस्तैमा नेपाल सरकारले सन् २०२० मा नेपालमा २० लाख विदेशी पर्यटक नेपाल भिœयाउने लक्ष्यसहित ‘नेपाल भ्रमण वर्ष–२०२०’ वर्षको रूपमा मनाउने घोषणाका साथै त्यहीअनुसार तयारी गरेको थियो । यो महत्वाकाङ्क्षी लक्ष्य थियो ।

बीस लाख पर्यटक नेपाल घुम्न ल्याएर यहाँको अर्थतन्त्रमा दीर्घकालीन जग बसाल्ने सपना पूरा हुनसकेन । सोही समयमा चीनको वुहानबाट पैmलिन सुरु भएको कोरोनाले महामारीको रूप लिएपछि नेपाल सरकारले २० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्यसहित घोषणा गरेको ‘नेपाल भ्रमण वर्ष–२०२०’ स्थगित ग¥यो । फलतः सन् २०२० मा नेपालमा दुई लाख ३० हजार ८५ जना विदेशी पर्यटकले मात्रै भ्रमण गरे । सो वर्ष नेपालमा मात्रै नभएर विश्वका प्रायः सबै देशमा पर्यटकको सङ्ख्या घट्यो । विश्वमा औसत ७३ प्रतिशतले पर्यटक आगमनमा कमी आएको थियो ।

नेपालले पर्यटन आगमनमा बढोत्तरी ल्याउन अब प्रभावकारी नीति ल्याउनु जरुरी छ । कोरोनाको खोप पहुँच विस्तारसँगै विस्तारै महामारीमा कम हुने सङ्केत देखिएको छ । आन्तरिक पर्यटनमा चलहपहल बढ्न थालेको छ तर आन्तरिक पर्यटनले मात्र मुलुकका पर्यटन व्यवसाय माथि उठ्न सक्नेछैन । बाह्य पर्यटन आकर्षणका लागि नेपाल सुरक्षित गन्तव्य हो भन्ने नीति र कार्यक्रम सरकारले ल्याउनु जरुरी छ भने निजीक्षेत्रले स्वास्थ्य मापदण्डलाई प्रभावकारीरूपमा कार्यान्वयन गरी आकर्षक ‘प्याकेज’ घोषणा गर्नु जरुरी छ । á

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?