logo
२०८० चैत्र १५ बिहीवार



रोग नियन्त्रण गर्न कृषकहरुले धान बालीमा औषधी छर्के

अर्थ |
प्रदेश |




कलैया समाचारदाता
बारा, असोज २ गते । धान बालीमा सीटब्लाष्ट तथा गबारो नामक रोग लागेपछि नियन्त्रण गर्न कृषकहरु धानमा औषधी छर्कनमा व्यस्त छन् । पानी पर्न कम भएर घाम लागेपछि धान बालीमा लागेको रोग नियन्त्रण गर्न जिल्लाका बिभिन्न क्षेत्रमा कृषकहरु धानमा औषधी छर्किने कार्य सुरु गरेका हुन् ।

यसबर्ष कृषकहरुले गरेका धान खेतीमा जिल्लाका बिभिन्न भागमा सीटब्लाष्ट तथा गबारो रोग लागेपछि नियन्त्रण गर्न कृषकहरुले धान बालीमा औषधी छर्कने कार्य सुरु गरेका कृषि ज्ञान केन्द्र बाराले जनाएको छ । बारामा चालु आर्थिक बर्ष ०७८÷७९ मा ४६ हजार हेक्टर क्षेत्रफलमा धान खेती भएको केन्द्रले जनाएको छ ।

बर्षे धान (भदैया) तथा अग्हनी धान बालीमा बिभिन्न क्षेत्रमा गरिएको सोना मंसुली जातका धान बालीमा सीटब्लाष्ट तथा गबारो किरा देखा परेपछि नियन्त्रणका लागि औषधी छर्ने कार्य तिब्र रुपमा भइरहेको कृषि ज्ञान केन्द्रका प्रमुख जितेन्द्रप्रसाद यादवले बताउनुभयो ।

यसबर्ष लामो समयसम्म बर्खा भएकाले तुलनात्मक रुपमा बढी धान उत्पादन हुने विश्वास कृषकहरुको छ । गतबर्षको तुलनामा यसबर्ष धान उत्पादनमा बृद्धि हुने अनुमान गरेका छौं केन्द्रका प्राविधिक गेनालाल मण्डलले बताउनुभयो ।

धानमा रोग नलागेका कृषकले पनि रोगलाग्ने डरले धान बालीमा औषधी छर्ने कार्य गरेको महागढीमाई नगरपालिका १० का दिपेन्द्र यादवले बताउनुभयो । रोपाई पछि चाहिने रसायनिक मल, खादको समस्या झेल्दैआएका किसानहरु जेनतेन गरी आप्mनै तरिकाबाट बजारको महँगो मल वा घरायसी मल आपूर्ति गर्नेगरेको मण्डलले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?