logo
२०८० चैत्र १५ बिहीवार



संवैधानिक नियुक्तिबारे संबैधानिक इजलासमा सुनुवाइ रोक्ने आदेशविरुद्धकाे रिट ‘हेर्न नभ्याइने’ सूचिमा

राष्ट्रिय |




काठमाडौं, भदौ ३१ गते । संवैधानिक नियुक्तिसम्बन्धी मुद्दामा संवैधनिक इजलासको सुनुवाई रोक्ने सर्वोच्च अदालतको अन्तरिम आदेशविरुद्धको रिट बिहीबार ‘हेर्न नभ्याइने’ सूचिमा परेकाे छ ।
वरिष्ठ अधिवक्त दिनेश त्रिपाठीले सर्वोच्चमा दर्ता गर्नुभएको रिटलाई न्यायाधीश बमकुमार श्रेष्ठको एकल एजलासले हेर्न नभ्याइने सूची राखेको हो ।
बुधबार वरिष्ठ अधिवक्ता त्रिपाठीले न्यायाधीश हरिप्रसाल फुँयालको एकल इजलासले संवैधानिक नियुक्तिबारेको मुद्दामा संवैधानिक इजलासमा भइरहेको सुनुवाइ रोक्ने अन्तरिम आदेशविरुद्ध रिट दर्ता गर्नुभएको थियो ।
संवैधानिक नियुक्तिबारेको मुद्दाको सुनुवाइका क्रममा परिषद्का सदस्यका रूपमा प्रधानन्यायाधीश आफैँ संलग्न भएर नियुक्ति सिफारिस गरेकाले इजलासमा बस्न नमिल्ने भन्दै प्रश्न उठेको थियो ।
त्यसपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सुनुवाइको शुरु र अन्त्यमा आफू बिदामा बस्ने र इजलासमा सहभागी नहुने निर्णय गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?