logo
२०७८ श्रावण १६ शनिवार

दैनिक अध्यावधिक

image
2467

सङ्क्रमित

image
1816

निको भएका

image
27

मृत्यु भएका

मिति:श्रावण १५, २०७८ (१६:४२)
स्राेत:https://covid19.mohp.gov.np/



पुष्पलालको दृष्टिकोणभन्दा भिन्न राजनीति

विचार/दृष्टिकोण |




डा. बेदुराम भुसाल


पुष्पलाल आधुनिक नेपाली राजनीतिक इतिहासका एक मूर्धन्य व्यक्तित्वको नाम हो । उहाँले नेपालको राष्ट्रिय स्वतन्त्रता र स्वाभिमानको रक्षा र सम्बद्र्धनका निम्ति, नेपाली जनताका मौलिक हक–अधिकारको स्थापनाका निम्ति, नेपाली समाजको आमूल परिवर्तनका निम्ति र नेपालमा कम्युनिस्ट आन्दोलनको प्रारम्भ र विकासका निम्ति ठूलो योगदान गर्नुभएको छ । दाजु गङ्गालालले शहादत प्राप्त गर्नुअघि “माइला भाइ, यस जन्मभूमिमा प्रजातन्त्रको स्थापनाका निम्ति मैले बालेर गएको सानु दियोलाई तिमीले प्रज्ज्वलित गरी नेपालको कुनाकाप्चामा समेत पु-याउनेछौ” भनी गर्नुभएको आग्रहलाई शिरोधार्य गरेर अगाडि बढ्नुभएको पुष्पलाल नेपाललाई सामन्ती, शोषण, दमन र उत्पीडनबाट मुक्त गर्न समर्पित भएर लाग्नुभयो । उहाँ कलिलो उमेरमै राणा शासनविरुद्धको सङ्घर्षमा होमिनुभयो र नेपाली राष्ट्रिय काँग्रेसमा सङ्गठित भएर क्रान्तिको अग्रमोर्चामा डट्नुभयो । नेपाली राष्ट्रिय काँग्रेसले राणा शाहीसँग सम्झौतापरस्त नीति लिएपछि भने उहाँलाई चित्त बुझेन र उहाँ विकल्पको खोजीमा गाभ्नुभयो । विकल्पको खोज गर्नेक्रममा गम्भीर अध्ययन गरेपछि उहाँले नेपाली समाजमा सामन्ती, शोषण, दमनमात्र होइन, साम्राज्यवादी शोषण, दमन र उत्पीडनसमेत रहेको हुनाले मुलुकलाई त्यस अवस्थाबाट मुक्त गर्नका निम्ति आजसम्मको सबैभन्दा वैज्ञानिक र क्रान्तिकारी दर्शनका रूपमा रहेको माक्र्सवादको सैद्धान्तिक मार्गदर्शनमा सर्वहारा श्रमजीवी वर्गको नेतृत्वमा राष्ट्रिय जनवादी चरित्रको क्रान्ति गर्नुपर्ने निष्कर्ष निकाली त्यस निष्कर्षलाई व्यवहारमा उतार्न जीवनभर लागिपर्नुभयो ।
पुष्पलालले नेपाली क्रान्तिको चरित्र निरूपण गरिसकेपछि त्यसका लक्ष्य उद्देश्यहरू निर्धारण गर्नुभएको थियो । त्यस क्रान्तिका आधारभूत सिद्धान्त, कार्यक्रम र नीतिहरू निर्माण गर्नुभएको थियो । र, ती सिद्धान्त, कार्यक्रम र नीतिहरू कार्यान्वयन गर्ने साधनका रूपमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गर्नुभएको थियो । उहाँले कम्युनिस्ट पार्टी “नेताप्रधान होइन, नीतिप्रधान हो” भन्दै नीतिगत पक्षलाई प्रधानता दिनुका साथै “अरू पार्टीहरू सम्झौताका साधन हुन् भने हाम्रो पार्टी आमूल परिवर्तन र क्रान्तिको साधन हो” भनी कम्युनिस्ट पार्टी र गैरकम्युनिस्ट पर्टीबीचको भिन्नता प्रस्ट पार्नुभएको थियो । उहाँले नेपाली क्रान्तिका नेतृत्वदायी शक्ति एवम् शत्रु र मित्रहरूको पनि निक्र्योल गर्नुभएको थियो ।
पुष्पलालले “नेपाल तबमात्रै पूर्ण रूपले आजाद हुन सक्छ, जब यो कम्युनिस्ट घोषणापत्र नेपालमा कार्य रूपमा परिणत हुनेछ” भन्दै नेपाली समाजलाई अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थाबाट मुक्त गर्नका निम्ति यहाँ माक्र्सवादको कार्यान्वयन गर्नुपर्ने दृष्टिकोण अगाडि सार्नुभएको थियो । उक्त दृष्टिकोणमा अडिएर उहाँले कम्युनिस्ट सिद्धान्तबाट निर्देशित सङ्घर्षको सञ्चालनमा स्वयम् अगुवाइसमेत गर्नुभएको थियो । उहाँले “जबसम्म नेपालको माटोबाट सामन्ती शोषण व्यवस्था र यसलाई आड तथा भरोसा दिई शोषण कार्यमा हिस्सेदार भइरहेको विदेशी पुँजीवाद खासगरेर भारतीय एकाधिकार पुँजीवाद तथा अमेरिकी साम्राज्यवादलाई समूल नष्ट गरिँदैन तबसम्म नेपालको अर्धसामन्ती तथा अर्धऔपनिवेशिक स्थिति पनि खत्तम हुन सक्दैन । अतः आजको हाम्रो क्रान्तिको लक्ष्य (१) नेपालबाट सम्पूर्ण सामन्ती शोषण र यसको रक्षा गर्ने किल्लाका रूपमा काम गरिरहेको शाही पञ्चायती राज्ययन्त्रलाई आमूल नष्ट गर्ने तथा (२) विदेशी एकाधिकार पुँजीवाद, खासगरी भारतीय एकाधिकार पुँजीवाद तथा अमेरिकी साम्राज्यवादलाई खत्तम गर्नु हो । वर्तमान क्रान्तिकारी लक्ष्य नयाँ जनवाद र अन्तिम लक्ष्य समाजवाद तथा साम्यवाद हो” भनेर क्रान्तिको भावी दिशासमेत निर्धारण गर्नुभएको थियो ।
पुष्पलालले “किसानलाई वास्तविक रूपमा जमिनको मालिक बनाई सम्पूर्ण रूपले सामन्ती व्यवस्थालाई नष्ट गर्नु नै आजको सन्दर्भमा नेपालमा जनवाद र राष्ट्रियताको मुख्य सर्त हो” भन्दै जनअधिकार र राष्ट्रिय स्वाभिमानको मुद्दालाई सधैँभरि दृढतापूर्वक समाइरहनुभयो । ती मुद्दाका निम्ति उहाँ निरन्तर सङ्घर्षशील रहनुभयो र कहिल्यै कसैसँग सम्झौता गर्नुभएन । राजा महेन्द्रका कैयन प्रस्तावलाई उहाँले ठाडै अस्वीकार गर्नुभयो । उहाँले निर्दलीय तानाशाही व्यवस्थाविरुद्ध संयुक्त जनआन्दोलनको नीति अगाडि सार्नुभएको थियो । उक्त नीति उहाँको जीवनकालमा लागू हुन नसके पनि आखिर २०४६ मा आएर त्यही संयुक्त जनआन्दोलनमार्पmत पञ्चायती व्यवस्था ढालिएको थियो र २०६२/०६३ मा यहाँका कम्युनिस्ट तथा बुर्जुवा शक्तिको संयुक्त नेतृत्वमा शान्तिपूर्ण जनक्रान्तिमार्पmत राजतन्त्र फालिएको थियो ।
नेपाली कम्युनिस्ट आन्दोलनका पिता पुष्पलालले नेपाली क्रान्तिका रणनीति र कार्यनीतिसम्बन्धी सबैजसो आधारभूत सवालमा मार्गदर्शन गर्नुभएको मात्र होइन, कम्युनिस्ट पार्टीको निर्माण र परिचालनसम्बन्धमा र क्रान्तिपश्चात् निर्माण हुने सरकारले गर्नुपर्ने कामका सम्बन्धमा समेत स्पष्ट रूपमा मार्गदर्शन गर्नुभएको थियो । नेपालको कम्युनिस्ट आन्दोलन उहाँले निर्धारण गर्नुभएका आधारभूत सिद्धान्त, कार्यक्रम र नीतिहरू अँगालेर अगाडि बढेको थियो । यहाँका कतिपय कम्युनिस्ट समूहले उहाँलाई संशोधनवादी र ‘गद्दार’ भनिरहँदा पनि नेपाली समाजको चरित्र, नेपाली क्रान्तिको चरित्र, क्रान्तिका न्यूूनतम र अधिकतम लक्ष्य, क्रान्तिको बाटो र सङ्घर्षका रूप, क्रान्तिका शत्रु र मित्र शक्तिजस्ता सवालमा उहाँले प्रस्तुत गर्नुभएका विश्लेषणलाई नै मानेर चलेका थिए । उहाँले अगाडि सार्नुभएको संयुक्त जनआन्दोलको कार्यनीति अवलम्बन गरेरै निर्दलीय पञ्चायती तानाशाही व्यवस्था र राजतन्त्रको समेत अन्त्य गर्ने सफलता प्राप्त भएको थियो । पछिल्लो निर्वाचनमा मुलुकका दुई ठूला कम्युनिस्ट पार्टी मिली संयुक्त मोर्चा बनाएर जनताबीचमा जाँदा जनताले व्यापक समर्थन गरेका थिए र ठूलो सफलता प्राप्त भएको थियो । तर, सफलतापछिको व्यवहार भने पुष्पलालका दृष्टिकोणसँग मेल नखानेमात्र होइन, एकदमै विपरीतसमेत भयो । पुष्पलालले प्रस्तुत गरेका मूलभूत अवधारणामा आधारित भएर पार्टी र सरकार दुवैको सञ्चाल ठीक ढङ्गले गर्न सकिन्थ्यो । त्यसो गरिएन । कम्युनिस्ट चरित्र, आदर्श, मूल्य–मान्यता सबै परित्याग गरेर भद्दा बुर्जुवा चरित्र अवलम्बन गरियो । पुष्पलालको “कम्युनिस्ट पार्टी नेताप्रधान होइन, नीतिप्रधान हुन्छ” भन्ने धारणाविपरीत नेताप्रधान भएको व्यवहार गरियो । पार्टीमा चरम व्यक्तिवाद हाबी भयो । पार्टीमा जनवाद र केन्द्रीयताको सन्तुलन रहनुपर्छ भन्ने धारणाविपरीत सम्पूर्ण रूपमा केन्द्रीयता हाबी भयो । स्वेच्छाचारिता र निरङ्कुशता हाबी भयो । कम्युनिस्टहरूले विकास गरेको समानता झल्कने ‘कमरेड’ संस्कृतिलाई ध्वस्त गरी ‘बा’ संस्कृतिको विकास गरियो । पुष्पलालले व्यवहारमै अपनाएर देखाउनुभएको कम्युनिस्टहरूले अवलम्बन गर्नुपर्ने सादा जीवन उच्च विचारको जीवनशैलीविपरीत सामन्तको भन्दा पनि बढी रवाफिलो व्यवहार र शान देखाउने काम गरियो र त्यसनिम्ति राज्यकोषबाट ठूलो धनराशि खर्च गरियो । भ्रष्टाचार गरेर शान देखाउने प्रतिस्पर्धा चल्यो । सरकारको सञ्चालन पनि पुष्पलालका दृष्टिकोण अनुरूप भएन । “किसानलाई वास्तविक रूपमा जमिनको मालिक बनाई सम्पूर्ण रूपले सामन्ती व्यवस्थालाई नष्ट गर्नु नै आजको सन्दर्भमा नेपालमा जनवाद र राष्ट्रियताको मुख्य सर्त हो” भन्ने दृष्टिकोणअनुरूप कुनै पनि काम भएन । श्रमजीवी वर्गको हितलाई केन्द्रबिन्दुमा राखेर समाजको आर्थिक, सामाजिक, साँस्कृतिक रूपान्तरणको अभियान सञ्चालन गर्नेतर्पm एक कदम पनि चालिएन । सामन्तवादका अवशेष समाप्त पार्ने तथा साम्राज्यवादी शोषण, उत्पीडन अन्त्य गर्दै राष्ट्रिय पुँजीको विकास गरेर समाजवादका आधार निर्माण गर्ने योजनासाथ काम अगाडि बढाउनेतर्पm सिन्को पनि भाँचिएन । “विदेशी एकाधिकार पुँजीवाद, खासगरी भारतीय एकाधिकार पुँजीवाद तथा अमेरिकी साम्राज्यवादलाई खत्तम गर्ने” दृष्टिकोणअनुरूप काम नगरिएकोमात्र होइन, उल्टै उक्त विदेशी शक्तिको हितको पक्षपोषण गर्ने र उनीहरूका स्वार्थ पूरा गर्ने काम गरियो । पुष्पलालले जन्माएको पार्टीलाई भ¥याङ बनाएर सत्तामा पुगी सम्पूर्ण रूपमा पुष्पलालका दृष्टिकोणविपरीत काम गर्ने महाभूल गरियो, जसले गर्दा आमजनतामा कम्युनिस्ट पार्टीप्रति ठूलो वितृष्णा पैदा भएको छ । यस स्थितिमा पुष्पलालका सच्चा अनुयायीको कर्तव्य हुन्छ कि उहाँका दृष्टिकोणअनुरूप पार्टी र सरकार सञ्चालनको अवस्था सिर्जना गरौँ र नेपाली समाजको आर्थिक, सामाजिक, साँस्कृतिक रूपान्तरणको महाअभियानमा आपूmलाई समर्पित गरौँ । यही नै आजको अवस्थामा पुुष्पलालप्रति सच्चा श्रद्धाञ्जली पनि हुनेछ ।
(लेखक नेकपा एमाले स्थायी कमिटी सदस्य हुनुहुन्छ ।)

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप