logo
२०८० चैत्र १६ शुक्रवार



प्रकाशमान, शशांक र विमलेन्द्रबीच आज पनि छलफल

राष्ट्रिय |




गोरखापत्र अनलाइन
काठमाडौं, असार ११ गते । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको १४ औं केन्द्रीय महाधिवेशनको मिति नजिकिदै जाँदा काँग्रेसको सभापतिका आकांक्षीहरुको नेता तथा कार्यकर्तासँगको भेट पनि तीव्ररुपमा सुरू भएकाे छ । आज शुक्रबार पनि काँग्रेस महामन्त्री डा. शशांक कोइरालाको निवास महाराजगञ्जमा पार्टी सभापतिका आकांक्षीहरु प्रकाशमान सिहं र विमलेन्द्र निधिबीच छलफल जारी रहेको कोइरालाका स्वकीय सचिव भरत तिवारीले बताउनुभयो ।

उहाँले काँग्रेसको आसन्न १४ औं महाधिवेशनबारे छलफल हुने बताउनुभयो । आ–आफ्नो उम्मेदवारीभन्दा पनि पार्टीलाई आन्तरिकरुपमा कसरी सुदृढ गर्न सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित रहेको तिवारीले जानकारी दिनुभएको छ ।यसअघि काँग्रेस सभापति शेरबहादुर देउवा पक्षका सभापतिका आकांक्षी विमलेन्द्र निधि निवासमा पनि सिंह, कोइराला र निधिबीचमा अनौपचारिक छलफल भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?