logo
२०८१ बैशाख ८ शनिवार



नयाँ शैक्षिक सत्र (सम्पादकीय)

विचार/दृष्टिकोण |




यस वर्ष कक्षा १० सम्मको नयाँ शैक्षिक सत्र असार १ गतेदेखि देशभर प्रारम्भ भएको छ । कोभिड– १९ (कोरोना) महामारीले गत वर्षदेखि नेपालमा शैक्षिक सत्र, भौतिक उपस्थितिका पठनपाठन र परीक्षामा समस्या आएको भए पनि सरकारले विद्यार्थीको शैक्षिक वर्ष खेर नजाने गरी व्यवस्थापन गरेको छ । यस वर्ष विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन, नतिजा प्रकाशन, भर्नाका कार्य सम्पन्न गरेर कक्षा १० सम्मको नयाँ शैक्षिक सत्र असार १ बाट सुरु गरिएको हो । शिक्षा ऐनअनुसार विद्यालय शिक्षाको शैक्षिक सत्र हिमाली जिल्लाहरूमा कक्षा १० सम्मका लागि फागुनमा सुरु हुन्छ भने अन्य जिल्लामा वैशाखमा । कक्षा ११ र १२ को शैक्षिक सत्र मुलुकभर साउनदेखि प्रारम्भ हुँदै आएकोमा यस वर्ष कक्षा ११ को पठनपाठन भदौबाट सुरु हुनेछ । कोरोनाका कारण मुलुकका सबैजसो जिल्लामा सार्वजनिक जनजीवन निष्क्रिय रहेकाले भौतिक उपस्थितिमा गरिंदै आएको अध्ययन अध्यापन पूर्ववत् रूपमा हुन नसके पनि अधिकांश क्षेत्रमा विभिन्न विकल्पबाट कक्षाहरू निरन्तर गरिएको र सोहीबमोजिम शैक्षिक सत्र व्यवस्थापन गरिएको छ । दुई महिना ढिलो गरी सुरु भएको शैक्षिक सत्रको विद्यार्थी सिकाइमा समय अभाव नहुने गरी विशेष व्यवस्था गरिएको छ ।
मुलुकभर जनजीवन सामान्य बनिसकेको छैन । भौतिक उपस्थितिमा पठनपाठन हुन नसके पनि नयाँ कक्षा प्रवेश, विद्यार्थी अभिलेखीकरण (भर्ना) तथा वैकल्पिक माध्यमबाट सिकाइ सहजीकरण गर्दै नयाँ शैक्षिक सत्र प्रारम्भ भएकाले सम्पूर्ण शैक्षिक संस्थाले पठनपाठन गर्नुपर्नेछ । सहरी क्षेत्रमा अनलाइन÷भर्चुअल कक्षा भइरहेका भए पनि ग्रामीण तथा विपन्न वर्गका विद्यार्थी यस्तो सुविधाबाट वञ्चित हुन सक्छन् । यस्ता विद्यार्थीसमेतलाई लक्षित गरी शिक्षा तथा मानव विकास स्रोत केन्द्रले असार १ देखि अनलाइन, टेलिफोन या अन्य उपयुक्त माध्यमबाट विद्यार्थी अभिलेखीकरण गरी १५ गतेसम्म सबै विद्यार्थीमा पुस्तक पु¥याएर १६ गतेबाट अनलाइन, टेलिफोन वा अन्य उपयुक्त माध्यमबाट अध्यापन सुरु गर्नुपर्ने व्यवस्था गरेको छ । गत र यस वर्षका शैक्षिक सत्र विशेष अवस्थामा प्रारम्भ भएका छन् । अन्यथा ऐनअनुसार फागुन, वैशाख र साउनमा यस्ता सत्र सुरु हुँदै आएका थिए । यसअघि मङ्सिरमा परीक्षा सकेर पुसबाट विद्यालयका नयाँ शैक्षिक सत्र प्रारम्भ गरिन्थ्यो । माघमा सञ्चालन गरिने एसएलसी परीक्षाको नतिजा प्रकाशन असार–साउनमा गरिन्थ्योे । भदौ–असोजबाट क्याम्पसका कक्षा सुरु गरिन्थ्यो । शैक्षिक सत्र अभ्यासमा सीमित थियो, शैक्षिक पात्रो (एकेडेमिक क्यालेण्डर) को त प्रचार पनि थिएन । शैक्षिक सत्र, शैक्षिक क्यालेन्डर, अतिरिक्त शैक्षिक गतिविधि व्यवस्थित रूपमा पूर्वनिर्धारण गर्न सकिएमा शैक्षिक योजनामा सहजता आउनेछ । विद्यार्थी, अभिभावक, शिक्षक तथा शैक्षिक संस्थाले सोहीअनुसार पूर्वतयारी गर्नेछन् । राष्ट्रियस्तरमा सबै तह (आधारभूत, माध्यमिक तथा उच्च) का शैक्षिक सत्र एकै समयमा गर्न सकिए यसले शिक्षा क्षेत्रमा ठूलो महŒव राख्नेछ । यसमा प्राविधिक, जनशक्ति, परीक्षा र केन्द्र व्यवस्थासम्बन्धी केही समस्या आउन सक्छन् तर नयाँ वर्ष (वैशाख) वा असार, साउन कुनै एक महिनाबाट शैक्षिक सत्र सुरु गर्ने हो भने क्रमशः यस्ता प्राविधिक व्यवधान अन्त्य गर्न सकिनेछ ।
भौगोलिक क्षेत्र, सङ्काय, कक्षा तथा तहअनुसारका शैक्षिक सत्रले शैक्षिक क्रियाकलापमा अन्योल थुपारेको छ । नेपालीको हावापानी, खेतीको मौसम, पुस्तक तथा शैक्षिक सामग्रीको ढुवानीमा सहज हुनेगरी वैशाखलाई सबै तहको नयाँ शैक्षिक सत्र निर्धारण गर्न सकिन्छ । नयाँ वर्षसंँगै सुरु हुने शैक्षिक सत्र विद्यार्थीमा एक प्रकारको प्रेरणात्मक संयोग पनि हुनसक्छ । फागुनदेखि चैतसम्मको अनुकूल मौसममा हिमाल, पहाड तराई सबैतिर परीक्षालगायतका काम सकेर वैशाखबाट नयाँ शैक्षिक सत्र सुरु गर्नु उपयोगी देखिन्छ । वैशाखबाट पढ्न थालेका विद्यार्थीलाई असोज–कात्तिकपछिका ठूला चाडबाडको बिदाले ‘इन्टरभल’ को काम गर्नेछ । बिदापछि थकाइ मारेपछि पुनर्ताजकीसहित विद्यार्थीले फेरि कक्षा सुरु गरी बाँकी करिब चार महिना पढ्न पाउने छन् । मौसमी जोखिम, आर्थिक गतिविधि, पाठ्यसामग्रीको ढुवानी, अभिभावकको कार्यबोझ कम हुने अवधि, अन्तर्राष्ट्रिय शैक्षिक क्यालेण्डरमा मिलानजस्ता मापदण्डलाई आधार मानेर सबै तहमा एउटै शैक्षिक सत्र तर भिन्नभिन्न एकेडेमिक क्यालेण्डर (पात्रो) बनाएर हाल देखिएका समस्या
निराकरण गर्न सकिनेछ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?