logo
२०८० चैत्र १५ बिहीवार



उपत्यकामा तीन हजार ९२७ सङ्क्रमित थपिए

स्वास्थ्य |




गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख २८ गते । काठमाडौं उपत्यकाका तीन जिल्लामा तीन हजार ९२७ जना सङ्क्रमित थपिएका छन् । चौबीस घण्टामा देशभरि नौ हजार ३१७ जना सङ्क्रमित थपिएकोमा उपत्यकामा मात्रै तीन हजार ९२७ जना छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा तीन हजार ९२७ सङ्क्रमित थपिएको जनाएको छ । यो सङ्ख्या सोमबारको तुलनामा बढी हो । सोमबार चौबीस घण्टामा उपत्यकामा तीन हजार ६०७ सङ्क्रमित थपिएका थिए ।
मन्त्रालयका अनुसार काठमाडौंमा दुई हजार ७८८, ललितपुरमा ६०२ र भक्तपुरमा ५३७ सङ्क्रमित थपिएका छन् । काठमाडौंमा हाल २९ हजार १४४, ललितपुरमा छ हजार ५५९ र भक्तपुरमा चार हजार ५१९ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । काठमाडौंमा हालसम्म ९१३, ललितपुरमा २५३ जना र भक्तपुरमा १८८ जनाको कोरोना सङ्क्रमणले मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?