logo
२०८१ बैशाख ८ शनिवार



अटोमोबाईलमा नयाँ प्रविधि

विचार/दृष्टिकोण |




स्मृति रेग्मी

विज्ञानले गरेको प्रगतिद्वारा मानव जगतमा धेरै सहजता पुगेको छ। विज्ञानले आफ्नो स्थान यो पृथ्वीमा मात्र हैन यसले आफ्नो पहुँच अन्य ग्रहहरूमा पनि बनाएर हामीलाई आश्चर्यचकित पारेको छ । विज्ञानकै नयाँ खोज र अनुसन्धानको कारणले गर्दा नै आज मान्छे मङ्गल ग्रहमा बस्ती बसाउन सकिन्छ कि भन्ने ध्याउन्नमा छ ।
अटोमोबाइल (गाडी) मा टेक्नोलोजी (प्रविधि)को विकासले गर्दा प्राविधिक तथा चालकलाई यति धेरै सहयोग पु¥याएको छ कि अब टेक्निसियनले गाडी मर्मत गर्दा कहाँनेर के फल्ट (त्रुटि) भएको छ भनेर आफ्नो मोबाइल तथा ल्यापटपमा हेर्न सक्छन् । अचेलका नयाँ गाडीमा विभिन्न ठाउँमा सेन्सरजडित भएको हुन्छ, जसले हामीलाई कहाँनेर के फल्ट भएको छ भन्ने सूचना दिन्छ ।
सेन्सरको विकासपूर्व हामीलाई त्रुटि (फल्ट) पत्ता लगाउन यति धेरै गाह्रो हुन्थ्यो कि, केही त्रुटि (फल्ट) हुँदा हामीले पूरै सिष्टमको जाँच गर्नुपथ्र्यो, जसले गर्दा समय धेरै लाग्थ्यो र फल्ट पत्ता लगाउन धेरै गाह्रो हुन्थ्यो । सेन्सरजडित गाडीमा अब फल्ट पत्ता लगाउन धेरै सजिलो भएको छ । सेन्सरका कारणले गर्दा सिष्टममा कहाँनेर फल्ट भएको छ, सिधै हाम्रो ल्यापटप वा मोबाइलमा हामीले हेर्न सक्छौँ र निश्चित त्यही ठाउँमा मर्मत गर्न सक्छौँ । यसले गर्दा टेक्निसियनलाई काम गर्न निकै सजिलो भएको छ ।
सेन्सरद्वारा एक्सिलेटर पेडलको स्पीड कति छ, त्यो पनि थाहा पाउन सक्छौँ । यदि एक्सिलेटर पेडलको स्पीड धेरै भयो भने अलार्म बज्छ र चालकलाई सचेत गराउँछ । यसले चालकको विभिन्न कुरा जस्तै चालकले पेडल दबाएको गति, स्टेयरिङ ह्वीलको कोड नाप्छ र चालकलाई यदि कुनै खतरको सङ्केत आयो भने अलार्म बजाएर सचेत गर्छ ।
गाडीमा रहेको राडर टेक्नोलोजीले हाम्रो गाडीको वरिपरि अरू गाडी आएको भए सूचना दिन्छ । हामीले गाडीलाई पछाडितिर लैजाँदै गर्दा अन्य गाडी वरिपरि भए अलार्म बज्छ र पछाडिको दृश्य पनि क्यामेराद्वारा अगाडि देखाउँछ ।
अहिलेका गाडीमा राति गाडी चलाउँदा अगाडि मान्छे हिँडिरहेको रहेछ भने सेन्सरले पहिचान गर्छ र हामीलाई सूचना दिन्छ, जसले गर्दा हामी दुर्घटनाबाट पनि बच्छौँ । जीपीएस टेक्नोलोजी यस्तो टेक्नोलोजी हो, जसमा हामीले हाम्रो गाडी कहाँ–कहाँ पुगेको रहेछ भनेर हेर्न सक्छौँ । अर्थात् अभिभावकले आफ्नो सन्तानको गाडी कहाँ छ भनेर हेर्न सकिन्छ ।
अहिलेका गाडीमा सबैतिर क्यामेरा फिट गरिएको हुन्छ, जसले गर्दा हामीले गाडी पार्किङ गर्दा हेरेर पार्किङ गर्न सक्छौँ । गाडी पार्किङ गर्न लाग्दा नजिकै केही चीज जस्तै ढुङ्गा, मानिस, पशु तथा केही चीज भएमा अलार्म बजेर सचेत गराउँछ ।
यस्तोखालको विभिन्न टेक्नोलोजीले गर्दा टेक्निसियनलाई काम गर्न निकै सहज भएको छ भने चालकलाई गाडी चलाउँदा सुरक्षित भएर चलाउन धेरै सहयोग पुगेको छ । 

(लेखक यान्त्रिक तालिम केन्द्र, पाटनढोकामा कार्यरत हुनुहुन्छ ।) 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?