logo
२०७८ बैशाख ५ आईतवार



झगडा यसरी मिलाउनु पर्छ

गालीगलौजलाई बिर्सनुप¥यो, सहकार्यको समयलाई सम्झिएर काम गर्नुप¥यो ।

विचार/दृष्टिकोण |




प्रदीप नेपाल
नेपाल कम्युनिस्ट पार्टीको झगडाबाट मुक्त हुन नपाउँदै, नेकपा (एमाले) को वाक् युद्धमा फँसियो । गुटमा लाग्ने साथीहरू मुद्दा मिल्नै नसक्नेछ भन्नुहुन्छ । म भन्छु के छ मुद्दा ? सिद्धान्तको ? विचारको ? नीतिको ? म त केही देख्तिनँ यस्तो । दुई वर्षका पछिल्ला तीन महिनाको मुद्दा मुखमा टाँस्सिएको छ । जे मुखमा आयो बोल्यो । सुरुआतमै मैले भनेको थिएँ ‘जनताको बहुदलीयजनवाद पक्षधर’ हरू जाने भनेको एउटै ठाउँमा हो, त्यसैले बोल्दा होस पु¥याउँ । गाली गलौज नगरुँ । त्यतिबेला नेताहरूको ‘सिंए’ जागेको बेला थियोे ।
किन सुन्नु हुन्थ्यो हामीजस्ताले भनेका राम्रा कुरा ? तर अदालतले उहाँहरूको होस उडाइदियो । ‘नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले आआफ्नो खेती गरी खानु, बारम्बार हामीलाई दुःख दिन नआउनु’ भनी आदेश दियो । आफ्नो पार्टी बनाउने यो एउटा राम्रो अवसर थियो । अब नेकपा (एमाले) नेताले पार्टीको एक आपसका गालीगलौजलाई बिर्सनुप¥यो, सहकार्यको समयलाई सम्झिएर काम गर्नुप¥यो । हाम्रा नेताहरूको झगडा र रक्सी खानेहरूले दिनदिनै गर्ने झगडा उस्तै त थियो ।
बिग्रने हाम्रो र हामीलाई माया गर्ने जनताको मात्र होइन । सबैभन्दा ठूलो घाटा केपी ओली र माधव नेपाललाई नै हुन्छ । अहिले वरिपरि उभिने लेफ्टेन र केप्टेनले जे भने पनि घाटाको परिणाम आएपछि थाहा हुनेछ, इतिहासले अरू कसैलाई देख्तैन । एकातिर हुनुहुनेछ केपी ओली अर्कातिर हुनुहुनेछ माधव नेपाल । प्रचण्ड त हराउनुहुन्छ इतिहासको कुनै पत्रमा । अहिले भएका साथीभाइ कोही हुने छैनन् यताउती खोज्दा पनि । स्वार्थी मान्छेहरू भेला हुने भनेको खान पाउञ्जेलसम्म न हो ।
सत्ताकै बाँडफाँट न हो मिल्ने भनेको पनि । विचार त प्रचण्डले खाइदिई हाल्नुभयो । जुन खाल्डामा हाल्दा आपूmलाई फाइदा हुन्थ्यो, पालैपालो गरी पहिले केपी ओली र पछि माधव नेपाललाई तिनै खाल्डामा जाकिहाल्नु भयो । प्रधान अन्तरविरोध र नेपाली कम्युनिस्ट आन्दोलनको सिद्धान्तमा उहाँहरू चुकेकै हो । पहिले एकता गर्ने बेलामा केपी र अहिले एकताको अवसान हुुने बेलामा माधव नेपाल । दुवै अवसरमा उहाँहरू दुवै माक्र्सवादी र लेनिनवादी हुनुभयो । जनताको बहुदलीय जनवाद नेपालको माक्र्सवाद हो, सिद्धान्त र आदर्श हो । सोभियत सङ्घमा एकसय वर्ष पनि नटिकेको लेनिनवाद होइन ।
नेपाल माक्र्सवादी नेताहरू एक दर्जन पनि छैनन् । जति छन् ती सबै स्टालिनको ‘लेनिनवादका आधारहरू’ पढेका लेनिनवादीहरू मात्र छन् । अर्थात् उनीहरूका लागि लेनिनवाद नै माक्र्सवाद हो । होइन मित्रहरू, लेनिनवाद माक्र्सवादको विकास होइन, माक्र्सवादको पतन हो । कहाँ कार्लमाक्र्सको वैयक्तिक स्वतन्त्रताको रातो झण्डा, कहाँ स्टालिनको अधिनायकत्वको कालो झण्डा !
अब समाजवादी हुन सजिलो छ । पार्टीको नाम समाजवाद राखेपछि समाजवादी भइहालियो । भारतमा सबैभन्दा सस्तो समाजवाद । मुलायमसिंहको समाजवाद, तेजस्वी यादवको समाजवाद । यिनै समाजवादी पार्टीले शासन गरेका प्रदेशहरू भारतका सबैभन्दा गरिब स्थानहरू हुन् । हामीलाई पनि यस्तै गरिब समाजवाद चाहिएको हो । नेपालमा पनि शायद बाबुराम भट्टराई नेतृत्व एउटा सङ्घीय समाजवादी पार्टी छ । इन्दिरा गान्धीले भारतलाई पनि समाजवादी बनाएकी थिइन्, सत्तरीको दशकमा । त्यतिबेलाको म्यान्मारको सैनिक शासनले पनि आपूmलाई समाजवादी नै भनेको थियो । सत्तरीको दशकमा जसरी संसार नै समाजवादी भएको थियो, अहिले नेपालमा त्यस्तै बग्रेल्ती समाजवाद पाकेको छ । प्रेमबहादुुर सिंहको समाजवाद र बाबुराम भट्टराईको समाजवाद । अरू पनि होलान् । मैले चाहिँ यिनै दुइटा मात्र सम्झिएँ ।
समाजवाद एउटा व्यवस्था मात्र होइन, त्यो नागरिकमा हुनुपर्ने गुण पनि हो । कम्युनिस्ट पार्टीको नाम यति धेरै भएछन् कि अब त नयाँ कम्युनिस्ट पार्टी निर्वाचन आयोगमा दर्ता गर्न असम्भव भएछ । सबै कम्युनिस्ट पार्टीको न्यूनतम लक्ष्य नै समाजवाद हो । यति धेरै समाजवादी भएपछि, पुँजीवादी चाहिँ को भयो त ! तर दलाल पुँजीवादलाई कुनै चिन्ता छैन, किनभने समाजवाद भन्ने सप्पै पार्टीले नै उनीहरूको काम गरिदिएका छन् ।
फेसबुकका अनुसार अब त नेपालका राजाले समेत प्रधानमन्त्री केपी ओलीको जयगान गाएछन् । धेरैलाई अनौठो लाग्यो होला । तर नेपालको दलाल पुँजीपति वर्गको प्रिय हुनु भनेको हाम्रा प्रिय पूर्वराजाले नेपालका दलाल पुँजीपतिको नेतृत्व गर्नुभएको छ । उहाँ राष्ट्रिय पुँजीपति हुन सकिरहनु भएको छैन । यदि उहाँ राष्ट्रिय पुँजीपतिवर्गको नेता भइदिनु भएको उहाँले प्रशंसा गरेको सरकारका कारण हाम्रो भने नाक ठड्याउन पाइन्थ्यो ।
हो, अरू कुनै प्रधानमन्त्री भन्दा केपी ओलीले धेरै राम्रो काम गर्नुभएको छ । कतिपय पुराना कामको जस पनि उहाँको नाममा जोडिन आएको छ । जस्तो भनौँ मेलम्ची । कृष्णप्रसाद भट्टराईको सपना खड्गप्रसाद ओलीको पालामा पूरा भयो । अब माथिल्लो तामाकोशीको उद्घाटन पनि उहाँको नाममा नै आउनेछ । नेपालको स्टाटस (हैसियत) पनि बढेको छ । नेपाल दक्षिण एसियाको सबैभन्दा खुसी राष्ट्र भएको छ । तर यस्ता नाफाको कुरा मात्र होइन, उहाँले आफैँ पनि अघिल्ला प्रधानमन्त्रीको भन्दा बढी काम गर्नुभएको छ ।
जे भने पनि अधिकांश तुइन विस्थापित भए, एकाध बाँकी नै होलान्, ती पनि झोलङ्गे पुलमा फेरिंदै जालान् । चीनसँग व्यापार सम्बन्ध बढ्यो ।
कसैले खोल्न नसकेका नाकाहरू खोलिए । नेपाल आर्थिक रूपमा अब भारत वेष्टित भएन । आयात घट्ने क्रम पनि सुुरु भयो । आफ्नै देशमा खनिज पदार्थ खन्न थालियो । खेर गइरहेको प्राकृतिक ग्यासको दोहन हुन थाल्यो । यी राम्रै काम हुन् र अर्को जोकोही प्रधानमन्त्री आए पनि यति काम गर्न सक्दैनन् भन्ने तथ्यको अभिव्यक्ति नै पूर्वराजा ज्ञानेन्द्रको भनाइ हो ।
त्यसैले प्रधानमन्त्रीलाई विस्थापित गर्नेतिर कोही नलागौँ । अब एमाले एकताको कुरा सोचौँ । अहिले केपीलाई प्रधानमन्त्री छाडिदिउँ । पार्टी कमजोर भएमा सबैभन्दा ठूलो अवगाल बोक्नु पर्ने माधव नेपाललाई दशौँ महाधिवेशनको आयोजक कमिटीको प्रमुख बनाउँ । हाम्रो पार्टी धेरै नदीनालाको सङ्गम हो । शायद हामीले जति एकता अरू कसैले गरेनन् अथवा गरे पनि स्थायी भएनन् । हाम्रो हृदय ठूलो छ । त्यो व्यवहारमा पनि देखाउँ । केपी ओली र माधव नेपालले चुनाव जित्नु पनि होला । तर प्रधानमन्त्रीले जेजस्तो भए पनि हामी एक्लै दुईतिहाई ल्याउँछौँ भन्ने दम्भचाहिँ अलिक नमिल्ने नै भाषण हो । अघिल्लोपल्ट दुई अङ्कको मार्जिनमा हारेका अधिकांश ठाउँमा हामी हार्नेछौँ ।
मैले किन यसो भन्न खोजेको हो भने, अघिल्लो चुनावमा सिट धेरै भए पनि काँग्रेस कम्युनिस्टको बीचमा मतमा त्यत्रो ठूलो फरक छैन । सरकार बनाउँदा सिटको महìव भए दीर्घकालीन हिसाबले मतको महìव धेरै हुन्छ । त्यसैले सिट धेरै छ भनेर चुरीफुरी गर्नुको कुनै अर्थ हुँदैन ।
म जस्ताले भन्ने हो, काम गर्नुपर्ने नेताले हो । किनभने मसँग अब कुनै लोभ लालच छैन, जति गरियो त्यसमा घमण्ड पनि छैन, कुनै गुनासो पनि छैन । म मर्ने बेलासम्म कुर्सीमै टाँसिइरहने मानसिकतामा पनि छैन ।
त्यसैले मेरो बिनम्र अनुरोध हो, केपीले आफ्नो ‘निरङ्कुश’ व्यवहार त्याग्नुस् र जनताको बहुदलीय जनवाद (नेपाल कम्युनिस्ट आन्दोलनको प्रजातान्त्रीकरण) को मर्म बुझेर काम गर्नुस्, माधव नेपालले पनि सानातिना कुरा छोड्नुहोस् । नेकपा (एमाले) नेपालको ठूलो पार्टी बनोस्, सकेसम्म राम्रा काम गर्न सकोस्, ताकि अखिल नेपाल कम्युनिस्ट कोअर्डिनेसको स्थापना गरेका कम्युनिस्ट नेताहरू कम्युनिस्ट पार्टीको सम्मान
गर्दै मर्न सकुन् ।
(लेखक नेकपाका नेता हुनुहुन्छ ।)