logo
२०८० चैत्र १५ बिहीवार



भारत विश्व टेष्ट च्याम्पियनसिपको फाइनलमा पुग्यो

खेलकुद |




गोरखापत्र अनलाइन
काठमाडौं, फागुन २२ गते । भारत आगामी जुन महिनामा हुने विश्व टेष्ट च्याम्पियनसिपको फाइनलमा पुगेको छ । इंग्ल्याण्ड विरुद्धको चार म्याचको टेष्ट श्रृखंला ३–१ ले जितेपछि भारतले च्याम्पियनसिपमा न्युजिल्याण्ड विरुद्धको भेट सुनिश्चित गरेको हो । उक्त खेल इंग्ल्याण्डको लर्डस क्रिकेट ग्राउन्डमा खेलाइनेछ ।
विश्व टेष्ट च्याम्पियनसिपमा पुग्न भारतले इंग्ल्याण्डलाई चौथो, अन्तिम तथा निर्णायक टेष्ट खेलमा हराउनुपर्ने वा बराबरी गर्नुपर्ने बाध्यता थियो । भारतले चौथो टेष्ट खेल एक पारी र २५ रनले जितेपछि श्रृखंला ३–१ ले आmप्नो पक्षमा पारेको हो । जितसँगै अष्ट्रेलिया च्याम्पियनसिपको होडबाट बाहिरिएको हो । चौथो टेष्टमा हार बेहोरेको भए भारतको स्थानमा अष्ट्रेलियाले च्याम्पियनसिपमा न्युजिल्याण्डसँगको भेट सुनिश्चित गर्ने थियो ।
जितसँगै भारत विश्व टेष्ट च्याम्पियनशीपको तालिकामा शीर्षस्थानमा उक्लेको छ । उसको जित प्रतिशत ७२.२ पुगेको छ । दोस्रो स्थानको न्युजिल्याण्डको जित प्रतिशत ७० हो । अष्ट्रेलियाले पछिल्लो छ श्रृखंलामा ६९.२ प्रतिशत जित निकाल्दा इंग्ल्याण्ड ६१.४ प्रतिशतमा चित्त बुझाउनुपरेको हो ।
भारतले श्रृखंला जितेसँगै अन्तर्राष्ट्रिय टेष्ट वरीयताको शीर्ष स्थानमा उक्लेको छ । न्युजिल्याण्ड दोस्रो, अष्ट्रेलिया तेस्रो, इंग्ल्याण्ड चौथो र पाकिस्तान पाँचौं स्थानमा छ ।
आजै सार्वजनिक गरिएको नयाँ टेष्ट वरियताक्रममा वेष्टइन्डिज छैठौं, दक्षिण अफ्रिका सातौं, श्रीलङ्का आठौं र बङ्गलादेश ९ औं स्थानमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?