logo
२०८१ बैशाख १३ बिहीवार



प्रतिबन्धपछि उमर अकमल क्रिकेटमा पुनरागमन गर्ने

खेलकुद |




गोरखापत्र अनलाइन
काठमाडौं, फागुन १४ गते । पाकिस्तान क्रिकेट टोलिका ब्याट्सम्यान उमर अकमलमाथि लागेको प्रतिबन्ध छ महिना घटाइएको छ । सन् २०२० को फेब्रुअरी २० मा उहाँमाथि १८ महिनाको प्रतिबन्ध लगाइएको थियो ।
पाकिस्तान क्रिकेट बोर्डका अनुसार उहाँको प्रतिबन्ध छ महिना कम गरिएपनि करिब २७ हजार अमेरिकी डलर जरिवाना तिर्नुका साथै बोर्डले सञ्चालन गरेको पुर्नस्थापना कार्यक्रममा सहभागी हुनुपर्नेछ । पाकिस्तान क्रिकेट बोर्ड विधानको परिच्छेद २.४.४ ले भ्रष्टाचार गर्न आमन्त्रण गर्ने कार्यको पूर्ण विवरण लुकाइए दोषी ठहरिनेछ । सन् २०२० को जनवरी फेब्रुअरीमा उहाँ समक्ष म्याच फिक्स गर्ने प्रस्ताब गरिएको थियो । पीसीबीले छानबीन गरेपछि दोषी ठहर हुँदा उहाँमाथि प्रतिबन्ध लगाइएको थियो । प्रतिबन्धको क्रममा अकमलले पुनरावलोकन गर्नुभयो ।
उमर अकमललाई पाकिस्तान सुपर लिगको पाँचौं संस्करण सुरु हुनभन्दा केही घण्टा अघि मात्रै गत् वर्ष निलम्बन गरिएको थियो । खेल हुनुभन्दा अघि उहाँ समक्ष म्याच फिक्सको प्रस्ताब गरिएको थियो । अकमलले सुरुमा उक्त आरोप स्वीकार गरेपनि पछि आफू दोषी नभएको दाबी गर्दै आउनुभएको थियो । बोर्डको प्रतिबन्धपछि अकमलले उक्त मुद्दा खेलकुदको बिवाद मध्यस्थता गर्ने निकायमा लग्नुभयो । जहाँ उहाँले राहत पाउनुभएको छ ।
पाकिस्तान क्रिकेट टोलिका मध्यक्रमका ब्याट्सम्यान उमर अकमलले १६ टेष्ट र १२१ अन्तर्राष्ट्रिय एकदिबसीय खेल्नुभएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?