logo
२०८१ बैशाख ७ शुक्रवार



साङ्गीतिक प्रस्तुतिसहित मनाइयो अम्बर गुरुङको ८३ औँ जन्मजयन्ति

मनोरञ्जन |




गोरखापत्र अनलाइन
काठमाडौं, फागनु १४ गते । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले प्रतिष्ठानका प्रथम कुलपति एवम् राष्ट्रगानका सङ्गीतकार सङ्गीतज्ञ अम्बर गुरुङको ८३ आँै जन्म जयन्तिका अवसरमा साङ्गीतिक प्रस्तुति सहितको कार्यक्रमको आयोजना ग–यो ।
प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ रायनले सभापतित्वमा भएको सो कार्यक्रममा प्रतिष्ठानका उपकुलपति हरिहर शर्माले अम्बर गुरुङलाई आप्mनो जीवन नै सङ्गीतका माध्यमबाट राष्ट्रका लागि समर्पित गर्ने एक विशिष्ट व्यक्तित्वका रुपमा चित्रित गर्नुभयो ।
उहाँले सङ्गीतवद्ध गरेका मायाप्रेमका गीतदेखि राष्ट्रिय भावले ओतप्रोत गीत सबैमा एक किसिमको दार्शनिकताको आभास रहेको उल्लेख गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै वरिष्ठ गीतकार तथा पत्रकार रमण घिमिरेले गुरुङलाई सङ्गीत क्षेत्रमा आत्मकेन्द्रित व्यक्तित्वको रुपमा चित्रित गर्दै दार्जिलिङमा रहँदा उहाँको जीवन संघर्षका बारेमा जानकारी गराउनु भयो ।
त्यस्तै नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य डा. देवी नेपालले उहाँलाई शब्द, सङ्गीत र स्वरको त्रिवेणीका रुपमा चित्रण गर्नुभयो ।
कार्यक्रममा कलाकारहरु संजय तुम्रोक, दुर्गा परियार, रुपक चौधरीले अम्बर गुरुङको संगीतमा रहेको रातो र चन्द्र सूर्य ..बोलको गीत प्रस्तुत गर्नु भयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?