logo
२०८० चैत्र १५ बिहीवार



काठमाडौं उपत्यकामा ४७ सहित देशभरि ९४ सङ्क्रमित थपिए

स्वास्थ्य |


काठमाडौं उपत्यकामा ४७ सहित देशभरि ९४ सङ्क्रमित थपिए
तस्विर–फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, फाल्गुन १२ गते । नेपालमा कोरोनाभाइरसका ९४ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार ६९२ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ९४ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोभिड १९ का कुल सङ्क्रमितको संख्या दुई लाख ७३ हजार ७६० पुगेको छ । हाल एक हजार ५५५ जनामा भाइरसको सङ्क्रमण सक्रिय  छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो चौबीस घण्टामा ७१ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म दुई लाख ७० हजार १३९ जना सङ्क्रमित निको भएका छन् । नेपालमा कोरोनाभाइरसबाट निको हुने दर ९८.७ प्रतिशत पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो चौबीस घण्टामा एक सङ्क्रमितको मृत्युको दर्ता गरिएको छ । हालसम्म दुई हजार ६६ जनाको कोरोनाभाइरसको सङ्क्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा ४७ जना सङ्क्रमित थपिएका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा ३३, ललितपुरमा १२ र भक्तपुरमा दुई जना सङ्क्रमित थपिएका छन् ।
गत आइतबारदेखि हालसम्म १३ हजार ९१६ जनाको पीसीआर परीक्षण गरिएकोमा ४०९ जनामा सङ्क्रमणको पुष्टि भएको हो । सोही अवधिमा ३८४ जना निको भएका छन् भने पाँच जनाको मृत्यु दर्ता गरिएको छ ।
हाल ६३ जना क्वारेन्टिनमा छन् । मन्त्रालयका अनुसार देशैभरि हाल ४४ जना सङ्क्रमित आईसीयूमा र ११ जना भेन्टिलेटरमा उपचाररत छन् ।
मन्त्रालयले हालसम्म २१ लाख ५० हजार २२५ जनाको आरटीपीसीआर परीक्षण गरिएको जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?