logo
२०८० चैत्र १६ शुक्रवार

  दृश्य समाचार   



सपनाको संसार जापान त्यागेर भैँसीपालनमा

अर्थ |


सपनाको संसार जापान त्यागेर भैँसीपालनमा



नवीन शिशिर विक
बागलुङ, माघ ४ गते । जापान वैदेशिक रोजगारीको लागि सपनाको देश बन्दै गएकाले नेपाली युवा विभिन्न माध्यमको प्रयोग गरेर त्यहाँ श्रम बेच्न चाहन्छन् । विदेश जान रुचाउने युवाको आँखा जापानमा केन्द्रित हुुने गरे पनि नेपालमै राम्रो आम्दानी हुने विश्वासमा जापानबाट फर्केर नेपालमा आएका उदाहरण पनि छन् । म्याग्दीको बेनी नगरपालिका–१ दिनेश रावल जापानबाट फर्केर नेपालमै काम गरेर उदाहरणीय बन्न पुग्नुभएको छ । सके वैधानिक नसके अवैधानिक बाटो अपनाएर जापान जानेहरुको भीडबाट रावल भने जापान त्यागेर आफ्नै माटोमा पसिना बगाउन थाल्नुभएको छ । सन् २००८ मा विद्यार्थी भिषामार्फत् जापान जानु भएको रावल सन् २०१४ मा नेपाल फर्कनुभएको थियो ।

जापानमा गर्ने दुःख आफ्नै देशमा गर्न सके परिवारसँगै जीवन बिताउन सकिन्छ भन्ने सोचका साथ नेपाल फर्कनु भएका रावलले विदेशबाट फिर्किंदा साथ तनहुँको आवुखैरेनीमा आफ्नो दाईसँग होटल संचालन गर्नुभयो । राजमार्गको छेउमा संचालन भएको होटलमा ग्राहकको कमी थिएन् । जापानमा विहान उठेदेखि राति अबेरसम्म गरेको दुःख सम्झेर उहाँले आफ्नो होटल व्यवसायमा पनि त्यही अनुमातमा खटिनुभएको थियो ।

राजमार्गको होटल भएको हुँदा ग्राहकको अभाव भएन’ उहाँले भन्नुभयो–‘ जापानमा विद्यार्थीले कमाउने बराबरको कमाई होटलबाट गर्न सकिन्थ्यो ।’ चारवर्षको अवधिमा होटलले राम्रो कमाई दिएको थियो । यही बीचमा कोरोना त्रासले लामो समय होटल बन्द गरेर उहाँ परिवार तथा होटलका कामदारसहित आफ्नै गाउँ फर्कनुभयो ।
गाउँ फर्केर कृषि पेसा संचालन गर्ने सोचका साथ गाईभैँसी पाल्ने योजना बनाएर रावल पशुपालन तथा कृषि फर्म संचालन गर्नुभएको छ । बन्दाबन्दीकै समयमा बनेको योजना अहिले कार्यान्वयनमा आएको छ ।

रावलले सात वटा उन्नतजातको भैँसी र दुई वटा उन्नतजातको गाई पालेर दुध बेच्न थाल्नुभएको छ । उहाँका दाई रमेश रावलले पनि चार वटा मुर्राभैँसी पाल्न सुरु गर्नुभएको हो । रावलको फर्मबाट अहिले दैनिक ५० लिटर दुध बेनी र बागलुङ बजारमा विक्री हुँदै आएको छ । ‘सुरुमा भैँसी पाल्छु भन्दा परिवार र गाउँलेले पत्याएनन्’ उहाँले भन्नुभयो–‘लक डाउनका कारण परिवार कन्भिन्स भए ।’ जापानबाट फर्किदै कृषि गर्ने सोचका साथ आएको उहाँले सुनाउनुभयो ।  ‘जापान बसेको, होटल गरेको मान्छेले के को भैँसी पाल्छन् भनेर धेरै सुन्नु प¥यो’ रावलले भन्नुभयो–‘अब यसैमा भविष्य बनाउने हो ।’ रावल परिवारले गाउँमै रेष्टुरेन्ट संचालनको तयारी पनि गरेको छ । भाईभैँसी खरिदलगायतको संरचना निर्माणमा करिव २२ लाख रुपियाँको लगानी भएको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?