logo
२०८१ बैशाख १३ बिहीवार



ओझेलमा परेको निर्यात

विचार/दृष्टिकोण |




डा. गोविन्दबहादुर थापा

निर्यात कुनै पनि अर्थतन्त्रको निमित्त एउटा महŒवपूर्ण क्षेत्र हो । निर्यातविनाकोे देशको कल्पना पनि गर्न सकिँदैन । निर्यात कति भन्ने प्रश्न छुट्टै होे । कतिपय मुलुकले निर्यातलाई आर्थिक विकासको मूल रणनीति (एक्सपोर्ट लेड ग्रोथ स्ट्राटेजी) नै मानेर विकास गरेका छन् । जापान, कोरिया, सिङ्गापुर, चीन, मलेसिया, थाइल्यान्ड आदि यसका ज्वलन्त उदाहरण हुन् । र, यी मुलुकको विकासको मूल आधार निर्यात नै रहेको छ । तर, कतिपयले निर्यातलाई त्यसो मानेका छैनन् । फेरि पनि यस्ता मुलुकको विकास भएको छ । निर्यात विदेशी मुद्रा आर्जनको महŒवपूर्ण स्रोत त हो नै । त्यसको अतिरिक्त निर्यातले अर्थतन्त्रको प्रतिस्पर्धात्मक क्षमता बढाउँछ । त्यसले अर्थतन्त्रलाई आधुनिकीकरण गर्न ठूलो मद्दत गर्छ । विभिन्न अध्ययनले अर्थतन्त्रलाई माथि उचाल्न निर्यातले महŒवपूर्ण भूमिका खेलेको पुष्टि
गरेका छन् ।
निर्यातले कुनै पनि अर्थतन्त्रलाई विश्व बजारमा प्रवेश गराउँछ । विश्व बजारमा पहिचान बनाउन सक्दा त्यस्ता वस्तुको विश्वबजारमा माग बढ्छ, निर्यात बढ्छ र त्यसले अर्थतन्त्रमा गतिविधि बढाउँछ, रोजगारी बढ्छ र त्यस्ता गतिविधिमा संलग्न हुनेहरूको आय बढाउँछ । त्यसैले रोजगारी तथा आय बढाएर देशको आय स्तर माथि उचाल्न निर्यातको महŒवपूर्ण भूमिका हुन्छ । निर्यातको आय विदेशी मुद्रामा हुने भएकाले निर्यातले देशको विदेशी मुद्राको आवश्यकता पूर्ति गर्नमा पनि ठूलो योगदान पु¥याउँछ । त्यसैले अर्थतन्त्रलाई माथि उकास्न निर्यातमा जोड दिनु जरुरी मानिन्छ ।
निर्यात प्रवद्र्धन गर्न सर्वप्रथम निर्यातयोग्य वस्तुहरूको पहिचान, त्यसको गुणस्तीय उत्पादन र बजारीकरण, निर्यातका प्रक्रियाहरूको सरलीकरण र कर, भन्सार, विद्युत् तथा कर्जामा सहुलियत आदि कुराहरूको व्यवस्था गर्नु जरुरी हुन्छ । जस्तो बड्ढलादेशमा तयारी पोसाक निर्यातका लागि गरिएको छ । यस सन्दर्भमा बड्ढलादेशको एउटा व्यवस्था सबैका लागि उदाहरणीय छ । त्यहाँ प्रतिपक्षी पार्टीले राष्ट्रव्यापी चक्काजाम गर्दा पनि तयारी पोसाक उद्योग र त्यसको ढुवानीलाई खुला राखिन्छ ।
त्यसैले तयारी पोसाक बड्ढलादेशको अर्थतन्त्रको मेरुदण्डका रूपमा स्थापित भएको छ । मुख्य रूपमा तयारी पोसाक निर्यातले बड्ढलादेशको कुल निर्यातको ८० प्रतिशत अंश ओगटेको छ । तयारी पोसाक निर्यातमा बड्ढलादेश चीनपछि दोस्रो नम्बरमा आउँछ । र, तयारी पोसाक उद्योगले ३५ लाखभन्दा बढी जनतालाई रोजगारी दिएको छ । उसका तयारी पोसाकको मुख्य बजार अमेरिका हो । मुख्य कुरा, निर्यात नै अर्थतन्त्रको प्रमुख आधार हो भन्नेबारेमा सरकार प्रतिबद्ध हुनुपर्छ र त्यसलाई अगाडि बढाउन कुनै कसर बाँकी राख्नुहँुदैन । बड्ढलादेशले त्यसै गरेको छ ।

नेपालको स्थिति
निर्यातको सम्बन्धमा नेपालको अवस्था दयनीय नै छ । नेपालको कुल वैदेशिक व्यापारमा निर्यातको अंश आर्थिक वर्ष २०७५÷०७६ मा ५.७ प्रतिशतमात्र थियो । अहिले आयातमा केही नियन्त्रण गरिएकाले निर्यातको अंश ९.१ प्रतिशतसम्म पुगेको छ । गत आर्थिक वर्ष नेपालले रु. ११ खर्ब ९६ अर्ब ८० करोडको आयात गर्दा केवल रु. ९७ अर्ब ७१ करोड (८.२ प्रतिशत) मात्र निर्यात गरी रु. १० खर्ब ९९ अर्बभन्दा बढीको घाटा बेहोरेको थियो । निर्यातको यो नाजुक र लज्जास्पद अवस्था हो । नेपालले कुनै पनि दृष्टिले निर्यातलाई कहिल्यै महŒव नदिएकाले निर्यात यस्तो नाजुक अवस्थामा पुगेको हो । यही भएकाले नेपालले अहिलेसम्म पनि आफ्नो एउटै पनि निर्यातयोग्य औद्योगिक वस्तुको विकास गर्न सकेको छैन ।
अहिलेसम्म पनि कृषिका प्राथमिक र केही प्रशोधित वस्तु नै नेपालका प्रमुख निर्यातयोग्य छन् । तिनको पनि बड्ढलादेशले जस्तै व्यवस्थित, सड्ढठित र प्रतिबद्ध ढङ्गले निर्यात गर्न सकिएको छैन । यही कारणले पनि नेपालको समग्र आर्थिक तथा सामाजिक अवस्थामा खासै सुधार आउन नसकेको हो भन्न सकिन्छ । नेपालमा निर्यातले महŒव नपाउनुका निम्न कारण छन् ः
(१) नेपालमा बीच–बीचका एकाध वर्षलाई छोडेर विकासको गति सुस्त रहेकाले धेरै पुँजीगत सामानको आयात गर्नुपरेन । त्यसले गर्दा नेपालले विदेशी मुद्राको अभावको दबाब खेप्नुपरेन । र, काम चलाउनका लागि आवश्यक हुने विदेशी मुद्रा अरू स्रोतबाट प्राप्त हुने भएकाले विदेशी मुद्रा आर्जनको निमित्त निर्यातलाई विशेष जोड दिनुपर्ने आवश्यकता परेन । अर्थात् विकासको सुस्त गति नै निर्यात ओझेलमा पर्नुको मुख्य कारण हो ।
(२) निर्यात प्रायः सबै मुलुकको विदेशी मुद्राको प्रमुख स्रोत हुने गर्छ । त्यसैले विदेशी मुद्राको आवश्यकता पूर्ति गर्न निर्यात बढाउनमा जोड दिइन्छ । तर, नेपालमा एक त विदेशी मुद्राको आवश्यकता (खर्च) नै कम हुने र दोस्रो, पर्यटन, विदेशी सहायता, विदेशबाट प्राप्त हुने पेन्सन आदि स्रोतबाट विदेशी मुद्रा प्राप्त हुने भएकाले त्यसैका लागि निर्यातमा जोड दिनुपरेन ।
साथै बीच–बीचमा ऊन गलैँचा, कस्मिरा, तयारी पोसाक आदि निर्यातको अनुकूल वातावरण बनेकाले तिनको निर्यात बढ्न गई पुग–नपुग विदेशी मुद्राको भरथेग हुन गयो । बीचका एकाध वर्षबाहेक बाँकी सबै वर्ष देशको शोधनान्तर स्थिति बचतमा रहनु यसको प्रमाण हो ।
(३) पछिल्लोकालमा वैदेशिक रोजगारीको ढोका खुलेपछि रेमिट्यान्स (विप्रेषण)बाट विदेशी मुद्राको बाढी नै आयो भन्दा पनि हुन्छ । रेमिट्यान्सकै कारणले विदेशी मुद्राको खर्चमा निकै उदार नीति लिइँदा पनि विदेशी मुद्राको सञ्चिती बढ्ने र शेधनान्तर स्थिति ठूलो बचतमा रहने स्थिति बन्यो ।
रेमिट्यान्सबाट एककिसिमले खर्च गरेरै नसकिने विदेशी मुद्रा प्राप्त हुन थालेपछि विदेशी मुद्राको निमित्त निर्यात प्रवद्र्धन गर्नुपर्ने बाध्यात्मक स्थिति बनेन । कोभिड–१९ ले सिर्जना गरेको विषम परिस्थितिमा पनि रेमिट्यान्स आप्रवाहको गतिमा कमी नआएकाले रेमिट्यान्समाथिको मुलुकको निर्भरता स्थापित नै हुन गएको छ ।
गत वर्ष रेमिट्यान्स आप्रवाह ०.५ प्रतिशतले घटे तापनि यो वर्षको कात्तिक महिनासम्म यो ११.२ प्रतिशतले बढेको छ ।
(४) निर्यात निश्चित रूपमा व्यापार हो । तर, यो अरू व्यापारजस्तो सहज र सरल तथा जस्ताले पनि गर्न सक्नेखालको व्यापार होइन । यसका क्रेता विदेशी हुने र त्यसको भुक्तानी पनि विदेशी मुद्रामा हुने भएकाले यो व्यापारमा स्वदेशी तथा विदेशी बैङ्क, स्वदेशी तथा विदेशी भन्सार कार्यालय, देशबाहिर सामानको ढुवानी, बीमा आदि संलग्न हुन्छन् ।
यिनमा दुवैतिरका ऐन, कानुन तथा नीति नियमहरू आकर्षित हुन्छन् । यसमा कागजी काम पनि उत्तिकै हुन्छ र ती सबै अङ्ग्रेजी भाषामा तयार गर्नुपर्ने हुन्छ । यी सबै कारणले निर्यात व्यापार जो कसैका लागि सहज कारोबार होइन । यो जटिल आर्थिक कारोबार हो ।
(५) नेपाल अर्थतन्त्र धेरै नफस्टाएको र धेरै कुरा प्रारम्भिक चरणमै रहेको मुलुक हो । त्यसैले यहाँ उद्यमी व्यापारीहरूको सङ्ख्या पनि थोरै छ । र, तिनलाई उपलब्ध उद्योग, व्यापार, व्यवसायका अवसरले नै पुगेकोजस्तो देखिन्छ ।
त्यसैले यहाँ निर्यातजस्तो जोखिमपूर्ण र जटिल व्यापारमा प्रवेश गर्न मानिस सितिमिति तयार हुँदैनन् । त्यसैले नेपालमा निर्यातलाई आफ्नो मुख्य व्यवसाय बनाएका घराना (एक्स्पोर्ट हाउस) छैनन् । साथै समयको क्रममा देखापर्ने रियल इस्टेट व्यवसाय, वैदेशिक रोजगारीमा पठाउने व्यवसाय, निजी विद्यालय, कलेज, क्लिनिक, अस्पताल, सञ्चार क्षेत्र, बैङ्क तथा वित्तीय क्षेत्र, हवाई यातायात आदि नयाँ–नयाँ क्षेत्रमा एन्ट्रप्रेन्युरहरू प्रवेश गर्छन् । यसरी निर्यात क्षेत्र कसैको पनि छनोटमा अहिलेसम्म परेको छैन ।
निर्यातको मामिलामा नेपालका व्यापारीहरूमा मुख्य रूपमा भारतीय बजारको स्थिति नियालेर बस्ने र त्यहाँ कुनै वस्तुको अभावको स्थिति सिर्जना भएको जानकारी पाउनासाथ त्यसमा हामफाल्ने प्रवृत्ति रहेको देखिन्छ । सुरुमा स्टेनलेस स्टिलका भाँडाबाट सुरु भएको यो प्रवृत्ति त्यसपछि बल बियरिङ, सुपारी, ल्वाङ, वनस्पति घ्यु हुँदै अहिले वनस्पतिको खाद्य तेल (पाम, भटमास), मरिच र सुकेको केराउ भएको छ । यीमध्ये वनस्पति घ्यु र तेलको त नेपालमा प्रशोधन उद्योग नै खोलेर आयातीत कच्चा तेललाई प्रशोधन गरी भारततर्फ निर्यात गरियो ।
केही वर्ष वनस्पति घ्युका उद्योग र निर्यात नेपालमा निकै फस्टायो । तर, भारतले आफ्नो नीतिमा परिवर्तन गरेपछि अहिले त्यो उद्योग र व्यापार पूर्ण रूपमा सुकेको छ । आर्थिक वर्ष २०७५÷०७६ देखि भारततर्फ पाम र भटमासको तेलको निर्यात त्यसैगरी बढेको छ । तर, विगतमा झैँ यसको स्थायित्वको पनि कुनै निश्चित छैन । अरू वस्तु त आयातीत वस्तुको सोझै पुनःनिर्यात हो । त्यस्तो निर्यात धेरैजसो अवैध हुन्छन् ।
यसरी नेपालमा निर्यातजस्तो महŒवपूर्ण क्षेत्र बिल्कुलै ओझेलमा परेको छ । रेमिट्यान्सबाट पर्याप्त विदेशी मुद्रा आर्जन भइरहेकाले सरकारले निर्यात पवद्र्धन गर्नुपर्ने आवश्यकता देखेको छैन । तर, अर्थतन्त्रको दीर्घकालीन र स्थायी प्रगतिको निमित्त निर्यातमा विशेष जोड दिनुको विकल्प छैन ।
(लेखक अर्थविद् हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?