logo
२०८० चैत्र १६ शुक्रवार



१३ औँ साग खर्चको हिसाबकिताब सार्वजनिक

खेलकुद |




गोरखापत्र अनलाइन
काठमाडौँ, मङ्सिर १४ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपालमा भएको १३ औँ दक्षिण एसियाली खेलकुद (साग)मा भएको खर्चको हिसाबकिताब आइतबार सार्वजनिक गरेको छ ।

राखेपका सदस्यसचिव रमेश सिलवालले गत मङ्सिरमा भएको सागमा एक अर्ब ३१ करोड ७८ लाख४३ हजार, ६१ रुपियाँ खर्च भएको खुलासा गर्नुभयो । यसैगरी, निर्माणतर्फ विगत वर्षहरुदेखि हालसम्म दुई अर्ब, ८६ करोड, १४ लाख २८ हजार ९७३ रुपियाँ खर्च भएको छ । यसैगरी, सदस्यसचिव सिलवालले १३ औँ सागमा पदक विजेता खेलाडीहरु, प्रशिक्षक र सहगागी राष्ट्रिय संघलाई नेपाल सरकारको तर्फबाट २२ करोड ७६ लाख रुपियाँ वितरण गरेको स्मरण पनि गर्नुभयो । पुरस्कार रकमलाई भने राखेपको खर्चमा जोडिएको छैन । १३ औँ सागको आयोजना गर्न पाँच अर्ब ६९ लाख बजेट प्रस्तावित भएपनि सरकारले तीन अर्ब ६५ करोड विनियोजन गरेको थियो । राखेपका सदस्यसचिवले एक अर्बभन्दा बढी रकम सरकारलाई फिर्ता गरेको जानकारी दिनुभयो ।

राखेप सदस्यसचिवले साग सम्पन्न भएको तीन महिनाभित्र आर्थिक पक्ष सार्वजनिक गर्ने प्रतिवद्धता जनाउनुभएको थियो । तर कोभिड महामारीलगायत अन्य विविध कारणले राखेपलाई सागको खर्च विवरण सार्वजनिक गर्न झन्डै एक वर्ष लाग्यो । राखेप सदस्यसचिव सिलवालले आयोजना स्थलहरु काठमाडौँ, जनकपुर र पोखराबाट समयमै सही हिसाबकिताब नआउँदा, कोभिड १९ को महामारी र सहभागी देशहरुको ओलम्पिक कमिटीको स्वीवृmती पनि चाहिने हुँदा तोकिएको समयमा हिसाबकिताब सार्वजनिक हुन नसकेको बताउनुभयो । राखेपले सार्वजनिक गरिएको हिसाबकिताब अहिले कोलेनिकाबाट आन्तरिक लेखा परिक्षा भइसकेको र महालखाको लेखापरिक्षण अन्तिम चरणमा रहेको छ ।

सदस्यसचिव सिलवालले तोकिएको समयमा हिसाबकिताब सार्वजनिक गर्न नसकेको क्षमा माग्नुभयो । तर उहाँले लगत्तै ओलम्पिक, एसियाली र सागजस्ता खेलकुद मेलाको आयोनजामा हिसाबकिताब सार्वजनिक भएको यो सम्भवन पहिलो पटक हो भन्नुभयो । उहाँको भनाई छ–पारदर्शी ढङ्गले गरेको यो प्रयासले भविष्यमा पनि सुशासन कायम गर्न मार्गदर्शन हुनेछ ।

सदस्यसचिव सिलवालल सागको समयमा ब्याड्मिन्टनमा भएको अनियमिताबारे पनि बोल्नुभयो । उहाँले भन्नुभयो– ब्याड्मिन्टनको छानवीन समितिको रिपोर्ट पेश गरिसकिएको छ र अख्तियारीको निर्देशन कुरेर बसेका छौँ । दोषी उपर अवश्य कारवाही हुनेछ ।

पर्ख र हेरको स्थितिमा राष्ट्रिय खेलकुद

सदस्यसचिव सिलवालले नवौँ राष्ट्रिय खेलकुद आयोजनाको विषयमा पर्ख र हेरको स्थितिमा छौँ, भन्नुभयो कोभिड १९ राष्ट्रिय खेलकुद गर्न तीन महिना तयारी अवधि चाहिन्छ । प्रशिक्षण र छनोटका लागि १५ दिन स्थानी तह, एक महिना जिल्ला तह र एक महिना प्रदेश स्तरमा समय लाग्छ । त्यसपछि मात्र राष्ट्रिय खेलकुद गर्ने प्रावधान छ । साता, दस दिनभित्र कारोना सहज स्थितिमा गयो भने तोकिएको मितिमै नवैँ राष्ट्रिय खेलकुद आयोजना हुन्छ । नत्र खेलकुद कोरोना सर्ने कारण बन्न हुँदैन भन्नुभयो– उहाँले भन्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?