logo
२०८१ बैशाख ७ शुक्रवार



भूकम्पले ध्वस्त पारेको सिन्धुपाल्चोकमा असीहजार आवास निर्माण सम्पन्न

खुला |
प्रदेश |




बिदुर आचार्य
चौतारा, मंसिर ११ गते । बिनासकारी भूकम्प २०७२ ले ध्वस्त बनाएको नीजि आवास निर्माण सम्पन्न उन्मुख भएको छ । नब्बे हजार नीजि आवास निर्माण सम्झौता भएकोमा ७९ हजार ८८० लाभग्राहीले आफ्नो आवास निर्माण सम्पन्न गरी तेस्रो किस्ता बुझेका छन् ।
आठ हजार चार सय जनाले आफूहरु गैह्र लाभग्राही सूचीमा परेको भन्दै भूकम्प पीडित भएको प्रमाण सहित पुनरावेदन गरेका छन् ।विश्वभर फैलिएको कोभिड–१९महामारीको वाजुत जिल्लामा एक हजारबढी भूकम्पपीडितले आवास निर्माण सम्पन्न गरेका छन् ।
अनुदान व्यवस्थापन तथा स्थानिय पुर्वाधार कार्यालयका अनुसार सिन्धुपाल्चोक जिल्लामा ९० हजार ९०४ भूकम्प पीडित लाभग्राही सूचीमा छन् । लावान्वित ठहर भएका ८८ हजार ७७७ लाभग्राहिले अनुदान सम्झौता गरी पहिलो किस्ता वापतको रकम लिएको अनुदान व्यवस्थापन तथा स्थानिय पुर्वाधार कार्यालय सँग तंथ्याङ्क छ ।

हाल सम्म पहिलो किस्ता लिएका मध्ये ८५ हजार २०४ जनाले दोस्रो किस्तासम्मको मापदण्ड पूरा गरी अनुदान वुझेका छन् । जिल्लामा ७९ हजार ८८० जनाले पूनःनिर्माण कार्य सम्पन्न गरी तेस्रो किस्ता प्राप्त गरिसकेको जिल्ला आयोजना कार्यान्वय इकाइका आयोजना प्रमुख सन्तोष निरौला बताउनुहुन्छ ।         

जिल्लाभर पहिलो किस्ताबुझेर घर निर्माण नगर्ने ३६ जनाले पहिलो किस्ता बापतको ५० हजार रकम फिर्ता गरिसकेका छन् । त्यस्तै दोहोरो लाभग्राही भई सुविधा लिएका ४ सय ४४ जनाले अनुदानफिर्ता गरेका छन् । कतिपयले अनुदानवाट आवास निर्माण सम्पन्न गर्न नसकिने, कतिपयले आफ्नो अन्यत्रआवास भएको र अन्य निकायवाट आवास निर्माण सहयोग पाएकाहरुले आवास अनुदानको पहिलो किस्ता फिर्ता गरेका हुन् ।

भूकम्पपीडित भई लाभग्राहीकाे  सूचीमा रहेका २ हजार १ २७ लावान्वितले हालसम्म पनि पुर्ननिर्माणको कार्य थालनी नै नगरेको आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानिय पुर्वाधार कार्यालयका शाखा प्रमुख भरत आचार्य बताउनुहुन्छ ।
२०७२को विनासकारी भूकम्पले सबैभन्दा वढी मानवीय र भौतिक क्षति ब्यहोरेको सिन्धुपाल्चोकमा ९५ प्रतिशत आवास मा क्षति भएको थियो ।

जिल्लामा ७८ हजार ३३७ घरहरु पुर्ण रुपमा क्षति पुगेको थियो ।आपूm छुट्भीन्न भएको प्रमाण सहितसत्र हजार बढीलेगुनासो भरेपछि पुनःसर्वेक्षण भएको थियो । लावान्वित सूचीमा समावेश नभएको भन्दै आठ हजार चार सयवढीले पुनरावेदन गरेको कार्यालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?