logo
२०८१ बैशाख ८ शनिवार



नेपाली समाजवादको सपना

जोसुकै आउन्, के.पी. ओली सरकारले जति काम गर्न सक्दैनन्

विचार/दृष्टिकोण |


नेपाली समाजवादको सपना


प्रदीप नेपाल

समाजवादको कुरो नेपालमा ज्यादै सस्तो छ । तर साँच्चैका समाजवादी यहाँ औँलामा गन्न सकिने पनि छन्, छैनन् ठ्याक्क भन्न गाह्रो छ । नेपालका नेताहरू त कोही पनि समाजवादी छैनन् । अझ माक्र्सवादी–लेनिनवादी लेख्ने त कहिल्यै समाजवादी हुनै सक्तैनन् । माक्र्सवादी पार्टीका नेताहरूको हालत त यस्तो छ भने अरूको कुरो नगर्दैमा राम्रो होला । यसको पछि केही कारण छन्, तिनलाई सरसर्ती लेखिएको छ ।
समाजको यो विकासक्रमको जस कार्ल माक्र्सलाई दिइन्छ । हुन त यो सोच चाल्र्स डार्विनको हो । तर संसारभरिका माक्र्सवादीहरू आदिम समाज, जो साम्यवादी थियो, दास युग, पुँजीवादी युग, समाजवादी युग र साम्यवादलाई नै समाज परिवर्तनका कारण हुन् भनी मान्दछन् । यसको आधार नेपाल अहिले पुँजीवादी युगमा पुगेको छ भन्ने नेपालका कम्युनिस्ट अब चाँडै समाजवादमा पुगिन्छ भन्ने भ्र्रममा छन् । र यो भ्रम जन्माउनेहरू नेपालका नेताहरू नै हुन् ।
कुरो त्यति सजिलो छैन । हामी पुँजीवादी युगमा त पुगेका हौँला तर नेपाली समाज पुँजीवादमा पुगेको छैन । त्यो सामन्ती संस्कारमै घुमिरहेको छ । त्यसैले हामीले समाज र मान्छेबीचको सम्बन्धलाई स्वीकारेर राजनीतिक विश्लेषण गर्नुपर्छ । केही यस्ता समस्या छन् जसको चिरफार हुनु अनिवार्य छ ।
पहिलो कारण, राजनीति भनेको सिद्धान्तमा आधारित काम हो तर हामीसँग सिद्धान्त छैन । यसभन्दा पनि ठूलो कुरो नेपाल कम्युनिस्ट पार्टीको सचिवालयले माक्र्सवाद बुझेकै छैन । माक्र्सवाद स्वतन्त्रताको झण्डा हो । लेनिनवाद सर्वहारा वर्गको अधिनायकत्वको परिचयबाट चिनिन्छ । हामी लेनिनवादी भएकै कारण हामीले अधिनायकवादलाई मानेका हौँ । कार्ल माक्र्सलाई अधिनायकवादसँग जोड्नु भनेको माक्र्सवादलाई पटक्कै नबुझ्नु हो । भर्खरै झगडाको नाटक गरेका नेकपाका नेताहरू कोही पनि माक्र्सलाई स्वतन्त्रताको पुजारी मान्दैनन् । उनीहरू सबै माक्र्स अधिनायकवादको पक्षमा थिए भन्छन् । यस्ता नेताहरूले कहाँबाट समाजवाद ल्याउलान् ! माक्र्सको प्रष्ट भनाइ छ– स्वतन्त्र समाजले मात्रै सामाजिक समानताको सुनिश्चिता दिन सक्छ ।
दोस्रो कारण पनि उत्तिकै गाह्रो छ । त्यो हो हाम्रो समाज । हाम्रो समाज यति विभेदकारी छ कि भनिसक्नु छैन । धार्मिक विभेद, जातीय विभेद, लैङ्गिक विभेद, जता हे¥यो उतै विभेदै विभेद छ । जहिलेसम्म मानिसहरू धर्ममा विश्वास गर्छन् जहिलेसम्म मानिसहरू जातिमा विश्वास गर्छन् अनि जहिलेसम्म महिला पुरुषबीच समानता हुँदैन त्यस्तो समाज, समाजवादमा जानै सक्दैन । यसका लागि हाम्रा नेताहरूले फिनल्याण्ड, स्वीट्जरल्याण्ड, नर्वेको प्रशिक्षण भ्रमण गर्नुपर्ने थियो ।
तेस्रो कारण, नेताहरूमा पाइने सामन्तवाद र दलाल नोकरशाही चेतना । मानिसको चेतनाको नेपाल मूलतः सामन्तीवादी हो । मदन भण्डारीले त्यसै भन्नुभएको होइन, राजा रहुन् या नरहुन्, दलाल पुँजीवाद रहेसम्म सामाजिक परिवर्तन हुँदैन । अहिलेको सरकार दलाल पुँजीपतिको सरकार हो । यसले त्यति मात्र काम गर्न सक्छ, जति दलाल पुँजीवादका लागि सह्य हुन्छ । यसले जति परिश्रम गरे पनि दलाल पुँजीवादले कोरेको लक्ष्मणरेखा पार गर्न सक्दैन । यसको प्रत्यक्ष उदाहरण तपाईंहरूले देखिहाल्नु भयो– सरकार के अलिकति अघि बढ्न खोजेको थियो, सबै पूर्वप्रधानमन्त्रीहरू उफ्रिन थालिहाले । प्रधानमन्त्री पनि उस्तै, साथीले खेदे, अब काँग्रेसको साथ लिन्छु भनेर देउवासँग वार्ता गर्न थालिहाल्नुभयो । यसले के पुष्टि गर्छ भने नेपालमा अब काँग्रेस र कम्युनिस्टका बीचमा कुनै भेद छैन । र, यतिबेला यी दुवै पार्टीहरू दलाल पुँजीवादको पोल्टामा छन् । जोसुकै आउन्, के.पी. ओली सरकारले जति काम गर्न सक्दैनन् । कुनै नेता पहिलोपटक आउने होइनन् क्या रे । प्रचण्ड, झलनाथ, माधव, शेरबहादुरको शासन देखिएकै हो । भोगिएकै हो । भित्रभित्र के भएर नेताहरू असन्तुष्ट भएका हुन् कुन्नि, तर के.पी. ओलीले जति गर्नुभएको छ, त्यति अरू कसैले गर्न सक्ने थिएनन् । किनभने उनीहरूले अवसर नपाएका त होइनन् नि !
यही कुरो राजा बोलाउनेहरूमा पनि लागू हुन्छ । राजाको शासन नभोगिएको होइन । दुई दुईपटक बिना कारण पक्राउ परिएको थियो । पक्रिने मन्त्रीले पछि भनेका थिए, ‘बाई मिस्टेक पर्नु’ भएछ । राजाले बनाउने मन्त्री फेरि पनि यस्तै हुनेछन्, ‘बाई मिस्टेक पर्नु भएछ’ भन्ने । राजासँग योभन्दा कति योग्य मानिस छन् ? ‘गिरफ्तारी’ पनि बाई मिस्टेक गर्ने ? अभियोगपत्रमा, वडा नं. १४ मा राजा विरोधी विरोधी भाषण गरेको भनिएको थियो । त्यतिबेला म १०३ डिग्री ज्वरो आएर ओछ्यानमा सुतिरहेको थिएँ ।
विष्णु पौडेलले सान्दर्भिक कुरो उठाउनु भएको छ– सचिवालय असान्दर्भिक भयो । स्थायी कमिटीमा सबै कुरा प्रष्ट राखौँ र भनौँ, साथी हो, हामीले सकेनौँ अब तपाईंहरू आउनुस् । प्रधानमन्त्रीले सबैले राजीनामा दिउँ भनेको चाहिँ आवेग हो तर विष्णु पौडेलले चाहिँ व्यवस्थित एजेन्डाको रूपमा कुरा उठाउनुभएको छ । यसलाई सचिवालयले गम्भीर ढङ््गले लेओस् र प्रधानमन्त्री भइसकेका नेताहरूले पदबाट राजीनामा दिनुस् । नत्र नेकपाको महाधिवेशन कहिल्यै हुँदैन । यो लेखेर राख्नुस् । काम गर्न नसक्ने मान्छेलाई नेता बनाउँदा जुन गल्ती हुन्छ, त्यो हामीले गरिसकेका छौँ । त्यसैले गल्तीको शिकार पनि भएका छौँ ।
हामीले धेरै कुरा सिक्न बाँकी छ । दोस्रो पुस्तालाई नेतृत्व देऊ भनेर मात्र हुँदैन । दोस्रो पुस्ता पनि पहिलो पुस्ताको निरन्तरता हो । अब आउने नेतृत्वले बुझ्नुपर्छ– हाम्रो कार्यकारी निकाय भनेको पालिका सरकार हो । सङ्घीय तहमा बस्ने नेताले यो सत्य नबुझुन्जेल जुन पुस्ता आए पनि त्यसको कुनै अर्थ हुँदैन । पालिका सरकार भनेकै जनताको सरकार हो । पालिका सरकार भनेको चिनेको मानिसहरूको सरकार हो । त्यसैले त्योसँग रुन मिल्छ, हाँस्न मिल्छ । नेताहरूले घरघरमा सिंहदरबार भनेर भाषणचाहिँ गर्छन् तर तिनले घरघरलाई सिंहदरबारको अधिकारचाहिँ दिँदैनन् । सकेसम्म सबै गुटमुट्याएर आफैँ राख्न खोज्छन् । यसको उदाहरण पनि अहिलेको सरकार नै हो ।
पालिका ‘तल’ को सरकार हुन्छ । यो
‘तल’ले ठूलो अर्थ राख्छ । नेताले नै तल देखेपछि कर्मचारीले त झन् तल देख्ने भए । यो तल होइन, माथि हो भनेर भन्नसक्ने यहाँ कोही छैन । सम्पूर्ण कार्यकारी अधिकार तललाई दिएपछि कार्यकर्ताहरू हामीभन्दा ठूला हुने भए, हामी साना हुने भयौँ भन्ने त्रास सङ्घीय नेताहरूसँग छ । शासन गर्ने त हामीले पो हो कहाँ तलकाले भन्ने मानसिकता नसुध्रिएसम्म पालिका सरकारले जिम्मेदारीपूर्वक काम गर्न पाउने छैन । कहिले कूको कुरो हुन्छ, कहिले सरकार पल्टाउने कुरा हुन्छ । हस्तक्षेप नगरी
‘तल’ लाई काम गर्न दिनुुुस्, तपाईंहरूले केन्द्रमा बसेर गरेका काम तलैबाट हुन्छ । हुनसक्ला, कतिपय गाउँ÷नगरपालिकाले गल्ती पनि गर्लान् । तिनलाई धैर्यपूर्वक सिकाउनुस् । उनीहरूलाई मुर्ख ठान्ने गल्ती नगर्नुस् । तपाईंहरूले कुनै प्रशिक्षण नदिनु भए पनि धेरै पालिकाहरूले अनुभवले
सिकेका छन् ।
एउटा सानो उदाहरण, म हाम्रो नगरपालिकालाई धन्यवाद दिन्छु । त्यसले गरेका काम त स्तुत्य छन् नै । हप्ता दिन अघि कागेश्वरी पुस्तकालयको कार्यक्षेत्रमा तीन साहित्यकारको मूर्ति अनावरणको कार्यक्रममा पुगेको थिएँ । आयोजकले पुस्तकालयको जीर्ण अवस्था देखाउँदै रेट्रोफिटिङ गरिदिने माग राख्नुभयो । मेयरले आफ्नो बोल्ने पालामा भन्नुभयो– रेट्रोफिटिङबाट यो पुस्तकालय जोगाउन सकिन्न । एउटा पुस्तकालय नगरपालिकाले नै बनाइदिन्छ । योजना ल्याउनुहोस् । हामी सके यसै सालको बजेटबाट, नसके अर्को सालको बजेटबाट तपार्इंहरूको पुस्तकालय बनाइदिने छौँ ।’ काम भनेको
यस्तो हुनुपर्छ ।
(लेखक नेकपाका नेता हुनुुहुन्छ ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?