logo
२०८१ बैशाख १३ बिहीवार



याेजनाबद्ध विजययात्राको प्रारम्भ

विचार/दृष्टिकोण |


याेजनाबद्ध विजययात्राको प्रारम्भ


हउ याङ्छी

केही समय अघि चिनिया कम्युनिष्ट पार्टीको उन्नाइसौँ केन्द्रीय कमिटीको पाँचौँ पूर्ण बैठक पेइचिङ्मा सम्पन्न भयो । बैठकले “चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय कमिटीको राष्ट्रिय आर्थिक तथा सामाजिक विकासको चौधौँ पञ्चवर्षीय योजना र सन् २०३५ सालको दीर्घकालीन लक्ष्यसम्बन्धी सुझाव“ (‘सुझाव’) पारित ग¥यो र चीनको विकासले सामना गर्नु परिरहेको अन्तर्राष्ट्रिय र आन्तरिक अवस्थाको गहन विश्लेषण गरी सन् २०३५ मा समाजवादी आधुनिकीकरणलाई सामान्य रूपमा साकार बनाउने दीर्घकालीन लक्ष्य प्रस्तुत ग¥यो । साथै, चौधौँ पञ्चवर्षीय योजना (सन् २०२१‐२०२५) अवधिमा चीनको विकासका दिशा, प्रमुख लक्ष्य र रणनीति निर्धारण गर्यो ।
चीनको दीर्घकालीन आधुनिक निर्माण र चरणगत विकासलाई मिलाई वैज्ञानिक ढङ्गले विकासलाई विभिन्न चरणमा विभाजित गरी सधंँ चरणगत र क्रमिकरूपमा आर्थिक सामाजिक विकासलाई अगाडि बढाउनु चिनियाँ कम्युनिष्ट पार्टीको राज्य शासनसम्बन्धी एक सफल अनुभव हो । सन् १९५५ मा पहिलो पञ्चवर्षीय योजना निर्धारण गरिएदेखि अहिलेसम्म चीनमा १३ वटा पञ्चवर्षीय योजना कार्यान्वयन भइसकेका छन् । ती योजनाहरूको निर्देशनमा चिनियाँ जनताले ७० बर्षको सङ्घर्षद्वारा आर्थिक, सामाजिक विकासको क्षेत्रमा महान् उपलब्धि हासिल गरेका छन् । देशको आर्थिक, वैज्ञानिक प्राविधिक क्षमता तथा समष्टिगत राष्ट्रिय शक्तिमा अभूतपूर्व विकास भई नयाँ उचाइमा पुगेको छ । यस वर्षको चीनको कुल गार्हस्थ उत्पादन एक हजार खर्ब युयान नाघ्ने, प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन १० हजार अमेरिकी डलर नाघ्ने अनुमान गरिएको छ । विगत ४० वर्षमा चीनले सफलतापूर्वक आफ्ना ८५ करोड जनतालाई गरिबीको रेखाभन्दा माथि पु¥याएको छ । विश्व गरिबी निवारणमा चीनको योगदान ७० प्रतिशतभन्दा बढी छ । यसैबीच, चीनले विश्वको सबैभन्दा ठूलो आकारको सामाजिक सुरक्षा व्यवस्था स्थापना गरेको छ । एक अर्ब ३० करोडभन्दा बढी जनतालाई आधारभूत स्वास्थ्य बीमा तथा करिब एक अर्ब जनतालाई आधारभूत वृद्धभत्ता बीमा उपलब्ध गराएको छ ।
चौधौँ पञ्चवर्षीय योजना र सन् २०३५ सालको दीर्घकालीन लक्ष्यको ठूलो ऐतिहासिक महत्व छ । त्यसको विशेषता तीनवटा ‘नयाँ’ हुन्‐ विकासको नयाँ चरणमा प्रवेश, विकास सम्बन्धी नयाँ सिद्धान्तको तर्जुमा र विकासको नयाँ स्थितिको निर्माण ।
यसवर्ष चीनले निरपेक्ष गरिबीको उन्मूलन गर्नेछ र पूर्व निर्धारित समयमा नै मध्यमस्तरीय आययुक्त समाजको सम्पूर्ण रूपले निर्माण गरी पहिलो सयवर्षे सङ्घर्षको लक्ष्य प्राप्त गर्नेछ । अर्को वर्ष चीन विकासको नयाँ चरणमा प्रवेश गर्नेछ । र, समाजवादी आधुनिक देशको सर्वाङ्गीण निर्माणको नयाँ विजययात्रा प्रारम्भ गरी दोस्रो सयवर्षे सङ्घर्षको लक्ष्य प्राप्तितर्फ अगाडि बढ्नेछ । सन् २०३५ सम्ममा चीनको आर्थिक, वैज्ञानिक तथा प्राविधिक क्षमता र समष्टिगत राष्ट्रिय शक्तिमा ठूलो वृद्धि हुनेछ । देशको शासन व्यवस्था र शासन क्षमताको आधुनिकीकरण पूरा हुनेछ । जनताको सुसंस्कृत व्यवहार तथा सामाजिक सभ्यता एक नयाँ उचाइमा पुग्नेछ । भौतिक वातावरणमा आधारभूत रूपमा सुधार हुनेछ । विश्वका अन्य मुलुकहरूप्रतिको खुलापन एक नयाँ अवस्थामा पुग्नेछ । प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादनको स्तर मध्यम विकसित देशहरूको दाँजोमा पुग्नेछ । जनजीवन अझ सुन्दर हुनेछ । मानिसहरूको सर्वाङ्गीण विकास, सम्पूर्ण जनतालाई एकसाथ समृद्धि प्राप्तिमा अझ उल्लेखनीय ठोस प्रगति हुनेछ ।
विकाससम्बन्धी नयाँ सिद्धान्त भनेको उच्च गुणस्तरको विकासलाई मूल विषय बनाई नवीन प्रयोग तथा प्रयासलाई प्रथम अग्रगामी शक्ति बनाई समन्वयलाई अन्तरिक विशेषता, हरित रङलाई सामान्य सुलभ अवस्था बनाई, खुलापनलाई अनिवार्य मार्ग र साझा उपभोगलाई मूलभूत उद्देश्य बनाउनु हो । विकाससम्बन्धी नयाँ सिद्धान्तलाई पूर्णरूपमा तर्जुमा गर्नका लागि वैज्ञानिक प्राविधिक रूपमा शक्तिशाली देशको निर्माण गति बढाउनु पर्दछ । समन्वयात्मक क्षेत्रीय विकास तथा नयाँ प्रकारको शहरीकरणलाई अघि बढाउनु पर्दछ । हरित विकासलाई जोड दिनुपर्दछ । सम्पूर्ण क्षेत्रमा सुधारलाई गहन बनाउनु पर्दछ र उच्चस्तरीय खुल्लापनलाई अगाडि बढाउनु पर्दछ । तिनीहरूको माध्यमद्वारा जनताको सुन्दर जीवनयापनप्रति निरन्तररूपमा बढ्दै गइरहेको चाहनालाई पूर्ति गर्नुलाई मूलभूत उद्देश्य बनाई अविच्छिन्न रूपमा आमजनताको प्राप्ति, सुख र सुरक्षाको अनुभूतिलाई बढाई मानिसको सर्वाङ्गीण विकास र समाजको सर्वाङ्गीण प्रगतिलाई प्रवद्र्धन गर्नुपर्दछ ।
विकासको नयाँ स्थिति भनेको आन्तरिक आर्थिक चक्रलाई प्रमुख बनाई, आन्तरिक र अन्तर्राष्ट्रिय दुई चक्रको एकआपसमा प्रवद्र्धन हुने विकासको स्थिति हो । चीनको जनसङ्ख्या एक अर्ब ४० करोड छ, यो विश्वको सबैभन्दा ठूलो र सबैभन्दा बढी क्षमता भएको उपभोक्ता बजार पनि हो । यसमा अझ धेरै अभिवृद्धि हुने प्रचुर सम्भावना छ । आन्तरिक आर्थिक चक्रलाई प्रमुख बनाउन जोड दिँदा आन्तरिक बजार विस्तारका लागि लाभ पुग्ने हुन्छ । चिनिया आर्थिक विकास अझ बलियो हुनेछ । यसका साथै चिनियाँ राष्ट्रपति सी चिन फिङले भन्नु भएजस्तै चीनको विकासको नयाँ स्थिति कुनै हालतमा पनि बन्द रहने आन्तरिक आर्थिक चक्र होइन, त्यो खुला रहने आन्तरिक र अन्तर्राष्ट्रिय दोहोरो आर्थिक चक्र हो । ‘सुझाव’ ले पुनः जोड दिएको छ‐ चीनले अझ ठूलो घेरा, बृहद् क्षेत्रमा अझ गहनरूपमा विदेशी मुलुकहरूप्रतिको खुलापनलाई बढाउँदै लैजानेछ, ठूलो आन्तरिक बजारको फाइदा उठाई अन्तर्राष्ट्रिय सहकार्य बढाउनेछ र आपसी हित साझा जितलाई बजारमा उतार्नेछ ।
हामीले सहर्ष देख्यौँ, “बेल्ट र रोड“ प्रस्ताव सातवर्षको विकासपछि विश्वव्यापी रूपमा सबैभन्दा बढी ध्यानाकर्षण गर्न सफल अन्तर्राष्ट्रिय सार्वजनिक उत्पादन बनेको छ र त्यो अहिले उच्च गुणस्तरको संयुक्त निर्माणको चरणमा प्रवेश गरिसकेको छ, सहकार्यका साझेदारहरूबीच आर्थिक मिश्रणका लागि झन् महत्वपूर्ण भूमिका निर्वाह गरिसकेको छ । केही समयअघि तेस्रो चीन अन्तर्राष्ट्रिय आयात एक्स्पो अनलाइन र भौतिक उपस्थितिको सम्मिश्रणको रूपमा पूर्व निर्धारित मितिमै उद्घाटन गरियो । ६० भन्दा बढी देश र क्षेत्रहरूका दुई हजारवटा भन्दा बढी व्यवसाय कम्पनीहरू त्यसमा सहभागी, सहयोगी भएका थिए, कुल ७२ अर्ब ६२ करोड अमेरिकी डलर बराबरको कारोबार भयो, जसमा पहिलेको पटकभन्दा २.१ प्रतिशत वृद्धि भएको छ ।
चीन र नेपाल पहाड र नदीले जोडिएका पुस्तौंपुस्ताका मैत्रीपूर्ण, एक आपसको सुरक्षा र सहयोग गर्ने असल छिमेकी, असल साथी, असल साझेदार हुन् । कूटनीतिक सम्बन्ध स्थापना भएदेखि दुई देशबीचको विभिन्न क्षेत्रको ठोस सहकार्यले दुई देशका जनतालाई प्रत्यक्ष लाभ पुर्याएको छ । पोहोर साल चिनियाँ राष्ट्रपति सी चिन फिङ्ले नेपालको राजकीय भ्रमण गर्नुभयो, दुई देशका राजनेताले चीन–नेपाल सम्बन्धलाई विकास र समृद्धितर्फ अघि बढ्ने पुस्तौंपुस्ताको मैत्रीपूर्ण रणनीतिक सहकार्यका साझेदारको सम्बन्धमा स्तरोन्नति गरिएको घोषणा गर्नुभयो । अहिले दुई देशका जनता निकट रूपमा सहकार्य गर्दै भ्रमणका उपलब्धिहरूलाई मूर्त बनाउन सक्रिय रहँदै संयुक्त रूपमा कोभिड महामारीविरुद्ध सङ्घर्ष गर्दै व्यवस्थितरूपमा श्रम र उत्पादनका कार्यहरूलाई पुनः प्रारम्भ गर्दैछन् । चौधौँ पञ्चवर्षीय योजना र सन् २०३५ सालको दीर्घकालीन लक्ष्यले चीन ‐ नेपालबीच विभिन्न क्षेत्रको ठोस सहकार्यलाई बढाउन तथा संयुक्त रूपमा “बेल्ट र रोड“ को निर्माणमा उच्च गुणस्तरको विकासका लागि अझ बढी अवसरहरू प्रदान गर्नेछ ।
चीनले पहिले जस्तै शान्ति, विकास, सहकार्य साझा जितको ध्वजालाई उँचो बनाइराख्नेछ । विश्वशान्ति कायम राख्ने, संयुक्त विकासलाई प्रवद्र्धन गर्ने कूटनीतिक मान्यतालाई कायम राख्नेछ । आपसी सम्मान, सत्य तथा न्याय, सहकार्य तथा साझा जितको नयाँ अन्तर्राष्ट्रिय सम्बन्धको निर्माणलाई अगाडि बढाउनेछ । नेपाललगायतका सबै देशसँग विकासका अवसरहरू र सहकार्यका फलहरूको साझा उपभोग गर्नेछ । हातमा हात मिलाई चुनौती र जोखिमहरूको सामना गरी संयुक्तरूपमा मानवजातिको साझा भाग्यको एक समष्टिको निर्माण गर्नेछ ।
(लेखक नेपालका लागि चिनियाँ राजदूत हुनुहुन्छ ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?