logo
२०८० चैत्र १६ शुक्रवार



नेकपा नेता बीरबहादुर ठगुन्नाको निधन

राष्ट्रिय |




लोकेन्द्रप्रसाद जोशी
दार्चुला, कात्तिक १२ गते ।दार्चुलाको कम्युनिष्ट आन्दोलनका संस्थापक एवं तत्कालिन नेकपा एमाले केन्द्रिय अनुशासन आयोगका सदस्य बीरबहादुर ठगुन्नाको ६७ वर्षको उमेरमा निधन भएको छ । तीन वर्षदेखि क्यान्सर पीडित नेकपा नेता ठगुन्नाको काठमाण्डाँै स्थित केएमसी हस्पिटलमा उपचारको क्रममा निधन भएको नेकपा दार्चुलाका नेता एबं नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिह धामीले जानकारी दिनुभयो ।

महादेव मावि अठपाली बझाङका संस्थापक प्रधानाध्यापक वीरबहादुर ठगुन्ना तत्कालिन नेकपा एमाले दार्चुलाको स्थापना कालदेखि नै सक्रिय राजनीतिमा रहनुभएको थियो । २०४८ सालमा दार्चुलाको चौलानी निर्वाचन क्षेत्रबाट एमालेबाट उम्मेदवार भएको नेता ठगुन्ना राप्रपा नेता अगवरबहादुर सिंहसँग पराजित हुनुभयो । वि.सं. २०१० साल फागुन ३ गते नौगाड गाउँपालिकाको खार गाउँमा जन्मिएका नेता ठगुन्ना २०३० सालदेखि नै कम्युनिष्ट आन्दोलनमा सक्रिय रहनुभएको थियो ।

उहाँले २०५४ सालमा जिल्ला विकास समिति दार्चुलाको उपसभापति भएर दुई वर्ष काम गर्नुभएको थियो । २०५६ सालमा जिबिस उपसभापति पदबाट राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचन लडेका नेता ठगुन्ना नेपाली काँग्रेसका नेता दिलेन्द्रप्रसाद बडूसँग पराजित हुनुभएको थियो ।

केपी ओली नेतृत्वको पहिलो सरकारका बेला २०७१ सालमा समाज कल्याण परिषदको कोषाध्यक्षको जिम्मेवारी निर्वाह गर्नुभएका नेता ठगुन्ना डेढ वर्षदेखि क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो ।
पटक पटक तत्कालिन नेकपा एमालेको जिल्ला सचिव लगायत विभिन्न जिम्मेवारी सम्हालेका नेता ठगुन्ना एमालेको केन्द्रीय अनुशासन आयोगको सदस्य समेत हुनुभएको थियो ।

घाँटीमा क्यान्सर भएपछि शिक्षण अस्पताल काठमाडौँमा उपचाररत उहाँको उपचारकै क्रममा बुधबार निधन भएको नेकपा दार्चुलाका नेता एबम् नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिंह धामीले जानकारी दिनुभयो । दार्चुला जिल्लाको कम्युनिस्ट आन्दोलनका संस्थापक नेता तथा समाजसेवी बीरबहादुर ठगुन्नाको निधनमा नेकपा दार्चुलाले शोक व्यक्त गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?