logo
२०८० चैत्र १६ शुक्रवार



मृतककै सम्पर्कमा आएकाको परीक्षण भएन

प्रदेश |





पर्वत समाचारदाता
कुश्मा, कात्तिक १२ गते । पर्वतमा कोरोना भाइरस कोभिड– १९ को सङ्क्रमणबाट मृत्यु भएका महिलाको सम्पर्कमा आएकाको परीक्षण हुन सकेको छैन । बागलुङ घर भई कुश्मा नगरपालिका बस्दै आएकी महिलाको १० दिन अगाडि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमामा उपचारको क्रममा मृत्यु भएको थियो ।
कोरोना सङ्क्रमित भई होम आइसोलेसनमा बसेकी महिलाको मृत्यु भए पनि उनीसँगको सम्पर्कमा आएकाको परीक्षण नहुँदा समुदायमा त्रास फैलिएको स्थानीयवासी बताउछन् । सङ्क्रमित महिलालाई पोखराबाट पर्वत लिएर आउने सवारी साधन, पर्वत बसपार्कमा लिन पुगेका श्रीमान, महिलाको सम्पर्कमा आएका अन्य व्यक्तिको चार÷पाँच दिन भित्रै स्वाब सङ्कलन गर्नुपर्नेमा १० दिन वितिसक्दापनि स्वाब सङ्कलन नहुँदा त्रास फैलिएको स्थानीय मनोज पौडेलले बताउनुभयो ।
कुश्मा बजारमा टाउको दुख्ने, ज्वरो र रुघाखोकी लाग्ने जस्ता लक्ष्यण सहितका बिरामी देखिन थालेपनि कुश्मा नगरपालिकाले स्वाब सङ्कलन र परीक्षणको काम नगर्दा झन त्रास सिर्जना भएको पौडेलले बतानुभयो । कात्तिक ८ गते कुश्मा बजार भित्रका नौं जनामा सङ्क्रमण देखिएकोमा उनीहरुको सम्पर्कमा रहेकाहरु ऋहिलेपनि खुलेआम बजार हिड्ने गरेका छन् ।
गण्डकी स्वास्थ्य निर्दशनालयले स्बाव धेरै जम्मा भएको र अहिले तत्काल नपठाउन आग्रह गरेका कारण कन्ट्याक्ट ट्रेसिङ गर्न नसकेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उमाकान्त सापकोटाले बताउनुभयो । ‘ट्रेसिङ छुट्टाउनै नहुने काम हो,’ उहाँले भन्नुभयो, ‘निरन्तर गरिरहेका छौ माथिबाटै नपठाउन भनेकाले बीचमा रोकेका हौ ।’ सापकोटाले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?